IME Life
Beema Board

लघुवित्त संस्थाहरुको साढे ३३% ले बढ्यो लगानी, केमा कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुको लगानी पछिल्लो ६ महिनामा साढे ३३ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ६ महिना पुससम्मको तथ्यांकले यस्तो देखाएको छ।

प्रतिवेदनअनुसार लघुवित्त वित्तीय संस्थाहरुको पुस मसान्तमा लघुवित्त कुल लगानी रु. १२ अर्ब ४७ करोड पुगेको छ। जुन २०८० असार मसान्तको तुलनामा ३३.५३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा कुल लगानी ५३.७२ प्रतिशतले बढेको थियो।

Prabhu
Crest

लघुवित्त वित्तीय संस्थाहरुले मुद्दति निक्षेपमा पुस मसान्तसम्म रु. १० अर्ब ४६ करोड राखेका छन्। जुन रकम गत असार मसान्तको तुलनामा ४३.५४ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुद्दति निक्षेपमा राखेको रकम ७०.८४ प्रतिशतले बढेको थियो।

लघुवित्त वित्तीय संस्थाहरुले समीक्षा अवधिमा मुद्दति निक्षेपमा गरेको लगानीमा वृद्धि भएको देखिन्छ।

समीक्षा अवधिसम्म लघुवित्त वित्तीय संस्थाहरुको सरकारी सुरक्षणपत्रमा १ अर्ब ५ करोड रुपैयाँ, शेयर तथा डिबेन्चरमा १० करोड १७ लाख रुपैयाँ र अन्यमा ७६ करोड ६२ लाख रुपैयाँ लगानी रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS