IME Life

आइएमई ग्रुपका सबै कम्पनी नेपाल रिबाट बाहिरिँदै, आजबाट करिब ३६ लाख कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्यारेन्सको करिब ३६ लाख कित्ता शेयर आज फागुन ८ गतेबाट बिक्रीमा राखिएको छ। कम्पनीको विभिन्न संस्थापक शेयरधनीहरुको नाममा रहेको ३५ लाख ८७ हजार ४३४ कित्ता शेयर बिक्रीमा राखिएको हो।

बिक्रीमा राखिएको शेयरमामा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाममा रहेको २० लाख कित्ता, आइएमई लिमिटेडको नाममा रहेको ७ लाख ५० हजार कित्ता, हाथवे इन्भेस्टमेन्टको नाममा रहेको ६ लाख ५० हजार कित्ता र ग्लोबल आइएमई क्यापिटलको नाममा रहेको १ लाख ८७ हजार ४३४ कित्ता शेयर रहेको छ। नेपाल रिइन्स्योरेन्सको शेयर बेचेर आइएमई ग्रुप बाहिरिन खोजेको हो।

Prabhu
Crest

यी शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य २८० रुपैयाँ तोकिएको छ। यसको संस्थापक शेयरधनीले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

आउँदो चैत १२ गतेसम्म खरिद आवेदन दिन सकिनेछ। बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलमा पेस गर्न सकिनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS