IME Life

इन्फिनिटी लघुवित्तले ९५ शाखाका कर्मचारीलाई दियो तालिम

SPIL
NIC ASIA

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ९५ शाखाका कर्मचारीलाई तालिम दिएको छ । संस्थाले ४३ वटा जिल्लाका ९५ शाखाका सबै कर्मचारीहरुलाई एएमएल सिएफटी र क्वालिटि ग्रोथिङ सम्बन्धी तालिम दिएको हो ।

सम्पूर्ण प्रदेशमा वित्तीय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तको अध्यक्षतामा तालिम सम्पन्न भएको हो । कार्यक्रममा सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण सम्बन्धी विषयमा प्रशिक्षित गरिएको जनाइएको छ । क्वालिटि ग्रोथिङका विषयमा पनि प्रशिक्षण दिइएको संस्थाले जनाएको छ ।

Prabhu
Crest

संस्थामा फिल्ड कर्मचारीहरुको महत्वपुर्ण भुमिका रहने हुँदा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिम संचालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने पन्तले बताए ।

कार्यक्रममा उपस्थित कर्मचारीहरुलाई जोखिम व्यवस्थापनको उत्कृष्ट उपाय, प्रभावकारी कर्जा असुलिका विशेष रणनिती, उच्च मनोवलका साथ कर्मचारीले कार्यसम्पादन गर्ने रणनिती र प्रतिस्पर्धात्मक बजारमा गुणस्तरीय कार्यक्रम बृद्धिका उपायहरुको विषयमा वित्तीय संस्थाका कर्जा असुलि एवं अनुगमन तथा सुपरीवेक्षण विभागका विभागीय प्रमुख नयन देवकोटाले सहभागीहरुलाई प्रशिक्षित गराएको थिए ।

मानव संसाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्य तथा कर्मचारीहरुलाई वित्तीय संस्थाले प्रदान गरिने सेवा सुविधा तथा मानव संसाधन विभाग संग सम्वन्धित विषयमा सहजिकरण गरेका थिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS