IME Life
Beema Board

यूनाइटेड अजोडको कुल बीमा शुल्क आर्जन १.१४ अर्ब, नाफा १३.१८ करोड

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

१ अर्ब ९० करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १३ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४८ प्रतिशतले वृद्धि भएको हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीले स्पेसियल रिजर्भ सिर्षकमा ८६ करोड ३० लाख रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा ३ करोड ६९ लाख रुपैयाँ रहेको छ भने  रिटेण्ड अर्निङ्गमा २१ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

पुष मसान्तसम्ममा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले  ५७ करोड ९ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९९.७३ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले यस अवधिमा ४४ करोड ४० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८५.३६ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १३.८५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १९४.७४ रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS