IME Life

क्रेस्ट माइक्रो लाइफको नाफा पौने १२ लाख बढी, कुल बीमाशुल्क आर्जन डेढ करोड माथि

SPIL
NIC ASIA

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ११ लाख ८५ हजार रुपैयाँ र दोस्रो त्रैमासमा भने यो कम्पनीले ६ लाख ६० हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

यो ६ महिनामा कम्पनीले १ करोड ५७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। दोस्रो त्रैमासमा मात्रै यो कम्पनीले १ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Prabhu
Crest

समीक्षा अवधिसम्म कम्पनीले १ करोड ४१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो त्रैमासमा मात्रै कम्पनीले १ करोड ३२ लाख खुद बीमाशुल्क आर्जन गरेको छ।

चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म महाविपत्ति कोषमा ५ लाख ५६ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ५० लाख ६७ हजार रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको अन्त्यमा  कम्पनीको महाविपत्ति कोषमा ४ लाख ९३ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ३९ लाख ५१ हजार रुपैयाँ थियो। अन्य इक्विटीमा भने ५५ हजार ६४३ रुपैयाँ रहेको छ।

दोस्रो त्रैमाससम्म कम्पनीले ५० करोड १० लाख रुपैयाँ लगानी गरेको छ। गत आर्थिक वर्षको अन्त्यमा  कम्पनीले ४६ करोड ७५ लाख रुपैयाँ लगानी गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS