IME Life
Beema Board

विश्वकै उत्कृष्ट बिजनेस क्लास एयरलाइन्स बन्यो सिंगापुर, सबैभन्दा खराब कुन ?

SPIL
NIC ASIA

काठमाडौं। सिंगापुर एयरलाइन्स बाउन्सको बेस्ट बिजनेस क्लास एयरलाइन्स सूचकांकमा पहिलो स्थानमा परेको छ।

बाउन्सको सर्वेक्षणमा सिंगापुर एयरलाइन्स उत्कृष्ट बिजनेस क्लास एयरलाइन्सको सूचीमा पहिलो स्थानमा परेको हो। पछिल्ला केही वर्षमा सिंगापुर एयरलाइन्स विलासिताको पर्याय बनिसकेको छ। करिब पाँच दशकअघि यो एयरलाइन्स अस्तित्वमा आएको थियो। त्यतिबेलादेखि अहिलेसम्म यो एयरलाइन्सले उड्डयन क्षेत्रमा राज गर्दै आएको छ।

Prabhu
Crest

बाउन्सको यो पछिल्लो सर्वेक्षणमा सिंगापुर एयरलाइन्सले १० अंकमध्ये ९.५७ अंकको समग्र स्कोर प्राप्त गरेको छ। यसले खाना र पेय पदार्थमा १० मध्ये १० अंक प्राप्त गरेको छ।

यो सूचीमा कतार एयरवेज दोस्रो स्थानमा छ। कतार एयरवेजको बिजनेस क्लास क्याबिनलाई ‘क्यूसुइट’ भनिन्छ। यो नाम सन् २०१७ मा दिइएको थियो। त्यसयता यस एयरलाइन्समा बिजनेस क्लासको यात्रा नयाँ उचाइमा पुगेको छ। बाउन्सको पछिल्लो सर्वेक्षणमा यसको समग्र स्कोर १० अंकमध्ये ९.२९ अंक रहेको। यो एयरलाइन्सले पनि खाना र सेवामा १० मध्ये १० अंक प्राप्त गरेको छ।

यस सर्वेक्षणको उत्कृष्ट बिजनेस क्लास एयरलाइन्सको सूचीमा एउटा अर्को एसियाली वायुसेवा कम्पनीको नाम पनि तेस्रो स्थानमा छ। यो हङकङको प्रमुख उड्डयन कम्पनी क्याथे प्यासिफिकको नाम हो। यस सर्वेक्षणमा यसले १० अंकमध्ये ९ अंक प्राप्त गरेको छ। यद्यपि यसले कुनै पनि सेवा श्रेणीमा १० मध्ये १० अंक प्राप्त गर्न सकेन। यसले प्रत्येक एक श्रेणीमा १० मध्ये ९ अंक प्राप्त गरेको छ। अर्थात् हरेक कक्षामा पाहुनालाई सन्तुष्ट पार्ने प्रयास गरिन्छ।

सबैभन्दा खराब बिजनेस क्लासको सूचीको पहिलो नाम इजिप्ट एयर हो। इजिप्ट एयरले बिजनेस क्लासका सबै सात विधामा सबैभन्दा कम औसत अंक प्राप्त गरेको छ। यसको समग्र स्कोर १० मध्ये ५.७१ रहेको छ। एयरलाइन्सले भर्खरै नयाँ विमान खरिदमा ठूलो लगानी गरेको भए पनि यसको धेरैजसो फ्लिटको अवस्था कमजोर छ।

कोपा एयरलाइन्स खराब बिजनेस क्लास एयरलाइन्सको सूचीमा दोस्रो स्थानमा छ। यो पनामा को झन्डावाहक एयरलाइन्स हो। यसको समग्र स्कोर १० मध्ये ८.७१ रहेको छ। यसले अधिकांश विधामा १० मध्ये ७ अंक प्राप्त गरेको छ। पछिल्लो समय यसको सेवा र इन्टरनेटमा केही ह्रास आएको छ। यद्यपि यसको स्थान इजिप्ट एयरभन्दा अलि राम्रो छ।

बाउन्स सर्वेक्षणमा एयर चाइना सबैभन्दा खराब बिजनेस क्लास एयरलाइन्सको सूचीमा तेस्रो स्थानमा छ। एयर चाइना छिमेकी राष्ट्र चीनको झन्डाबाहक एयरलाइन हो र त्यो देशका तीन ठूला एयरलाइन्समध्ये एक हो। यसको समग्र औसत स्कोर १० मध्ये ७.१४ रहेको छ। यद्यपि, यसले बेभरेज र एमेनिटिज र सुविधामा १० मध्ये ८ अंक प्राप्त गरेको छ। तर, मनोरञ्जनमा भने १० अंकमा ६ अंकमात्र पाएको छ। –एजेन्सी

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

12%

खुसी

6%

दु :खी

41%

अचम्मित

18%

उत्साहित

24%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS