IME Life
Beema Board

कामना सेवा बैंकमा प्लाटिनम बचत खाता खोल्दा रु ८ लाखको बीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । राष्ट्रिय स्तरको विकास बैंक कामना सेवा विकास बैंकले आफ्ना ग्राहक महानुभावहरुको वित्तीय सुरक्षा तथा स्वास्थ्यको जोखिम बहन सुविधा सहितको विशेष निक्षेप योजना ल्याएको छ । आकर्षक प्रतिफलका साथै अन्य लाभ समेत खोज्ने ग्राहकहरुलाई लक्षित गर्दै बैंकले प्रगति बचत खाता “प्लाटिनम” को घोषणा गरेको हो ।

यो बैंक खाता अन्तर्गत बचत खाता खोल्दा खालावाला बचतकर्ताको ७ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा बै‌ंकले नै गरिदिनेछ। बीमाका लागि बचतकर्ताले अतिरिक्त शुल्क भुक्तानी गर्नुपर्दैन । यसबाहेक १ लाख रुपैयाँसम्मको उपचार खर्च बीमाको समेत सुविधा उपलब्ध हुनेछ। उपचार खर्च बीमा सुविधा अन्तर्गत १ वर्षको अवधिसम्म बचतकर्ताले आफ्नो स्वास्थ्य उपचार गराउँदा लागेको खर्चमध्ये अधिकत्तम १ लाख रुपंयाँसम्मको खर्च दाबी गर्न पाउनेछन् ।

Prabhu
Crest

कामना सेवा विकास बैंकको कुनै पनि शाखाबाट यो खाता खोल्न गर्न सकिनेछ। यसरी खाता खोल्दा ग्राहकहरुलाई पहिलो वर्षको लागि लकर सुविधा, मोबाईल बैकिङ सुविधा र एटिएम कार्ड समेत बैंकले निःशुल्क प्रदान गर्नेछ ।

यो निक्षेप योजनामा बैंकले वार्षिक ५‍.८५ प्रतिशतका दरले ब्याज दर प्रदान गर्ने जानकारी दिएको छ । आकर्षक ब्याजदर, बीमाको सुविधाको साथै निःशुल्क मोबाइल बैकिङ, तथा एटिएम कार्डको सुविधा समेत रहेको प्रगति बचत खाता “प्लाटिनम” खाताको न्युनत्तम मौज्दात ५ हजार रुपैयाँ मात्र रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS