IME Life

नियामकीय सूचना प्रविधि मार्गदर्शन जारी, डिजिटल हस्ताक्षरदेखि डाटा एक्युरेसीसम्म

SPIL
NIC ASIA

काठमाडौं । एकीकृत सूचना प्रणाली सञ्चालनमा ल्याएको नेपाल बीमा प्राधिकरणले आईआरएमआईएस.(IRMIS) सम्बन्धी मार्गदर्गन, २०८० जारी गरेको छ। प्राधिकरणले बीमकबाट बीमा कारोबार सम्बन्धी वास्तविक समयको तथ्यांक र विवरण प्राप्त गर्नका लागि आइआरएमाइएस प्रणाली प्रयोगमा ल्याएको छ।

आइआरएमाइएस प्रणालीको प्रयोगमा हुन सक्ने जोखिम हटाउन र यसको प्रयोगका लागि बीमकलाई जिम्मेवार बनाउने उद्देश्यले प्राधिकरणले मागदर्शन जारी गरेको हो । आठ पृष्ठको मागदर्शनमा आइआरएमाइएस प्रणालीको प्रयोगका लागि प्रयोगकर्तालाई डिजिटल आइडी उपलब्ध गराउने विधिबारे उल्लेख गरिएको छ । साथै यो प्रणालीमार्फत् प्राधिकरणलाई उपलब्ध गराइने सबै खाले विवरण र तथ्यांकको शुद्धता र विश्वसनीयता प्रति बीमकलाई जिम्मेवार बनाइएको छ।

Prabhu
Crest

मार्गदर्शनको दफा ५(१) को प्रावधान अनुसार तथ्यांक प्रविष्ट गर्ने, रूजु गर्ने र तथ्यांक प्रमाणीकरण गर्ने गरी तीन तहको प्रयोगकर्ताको व्यवस्था बीमकले गर्नुपर्ने भएको छ। तथ्यांक प्रविष्ट गर्ने जिम्मेवारी प्राप्त कर्मचारीले नियमितरुपमा आइआरएमआइएसको सूचनालाई जाँच गरेर अध्याविधक तथ्यांकहरु प्रविष्टी गर्नुपर्नेछ । दफा ५(३) मा प्रणालीमा प्रविष्ट गरेको तथ्यांक गलत भएमा त्यसको जिम्मेवारी बीमकले नै बहन गर्नुपर्ने प्रावधान उल्लेख छ। यसैगरी प्राधिकरणलाई उपलब्ध गराएको तथ्यांक सुरक्षितरुपमा राख्नुपर्ने जिम्मेवारी तथ्यांक प्रमाणीकरण गर्ने जिम्मेवार कर्मचारीको हुनेछ।

प्राधिकरणले माग गरेको सूचनाहरु दैनिक सूचनालाई साेही दिन मध्यरातको १२ बजेपछि, साप्ताहिक तथ्यांक अर्को कार्य दिनमा,पाक्षिक तथ्यांक अवधि समाप्त भएको अर्को कार्य दिनमा मासिक तथ्यांक अवधि समाप्त भएको ३ दिनभित्र, त्रैमासिक तथ्यांक अवधि समाप्त भएको १ महिनाभित्र, चौमासिक प्रतिवेदन अवधि समाप्त भएको १ महिनाभित्र र वार्षिक तथ्यांक २ महिनाभित्र पेश गर्नुपर्ने भएको छ। साथै आन्तरिक लेखा परिक्षण भएको ६० दिनभित्र त्रैमासिक प्रतिवेदन र अन्तिम लेखा परिक्षण भएको ६ महिनाभित्र वार्षिक प्रतिवेदन पेश गर्नुपर्नेछ।

मार्गदर्शनमार्फत् प्राधिकरणले पहिलो पटक डिजिटल हस्ताक्षरलाई समेत पहिचान गरेको छ। परिभाषा खण्डमा उल्लेख गरिएको छ,  विद्युतीय हस्ताक्षर भन्नाले रुपान्तर नभएको प्रारम्भिक विद्युतीय अभिलेख र हस्ताक्षरकर्ताको सार्वजनिक साँचो भएको व्यक्तिले देहायका कुरा दुरुस्तसँग निर्धारण गर्न सक्ने किसिमको एसिमेट्रिक क्रिप्टो सिस्टम प्रयुक्त भएको विद्युतीय अभिलेखको रुपान्तरणमा समावेश हुने कुनै विद्युतीय स्वरुपमा गरिएको हस्ताक्षर सम्झनुपर्छः

(१) हस्ताक्षरकर्ताको सार्वनजिक साँचोसँग सङ्गति राख्ने किसिमको निजी साँचो प्रयोग गरेर विद्युतीय अभिलेखको रुपान्तरणको सिर्जना गरिएको थियो वा थिएन, र
(२) विद्युतीय अभिलेखको रुपान्तरण गरिएदेखि प्रारम्भिक विद्युतीय अभिलेख परिवर्तन गरिएको छ वा छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS