IME Life

जीवन बीमा कम्पनीले लघु बीमा मार्फत् संकलन गरे ९२ करोड ९० लाख, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मंसिर महिनासम्ममा लघु बीमालेख मार्फत जीवन बीमा कम्पनीहरुले ९२ करोडमाथि कुल बीमा शुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले मंसिर महिनासम्ममा ३५ लाख ५१ हजार ७०८ वटा बीमा पोलिसी विक्री गरी ९२ करोड ९० लाख रुपैयाँ लघु बीमालेख मार्फत कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यी कम्पनीहरुले मंसिर एक महिनामा मात्रै २ लाख ५४ हजार ९८९ वटा बीमा पोलिसी विक्री गरी २७ करोड ५८ लाख रुपैयाँ लघु बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ३७ करोड १९ लाख रुपैयाँ लघु बीमालेख मार्फत बीमा शुल्क संकलन गरेको छ । नेपाल लाइफले १५ लाख रुपैयाँ लघु बीमालेख मार्फत बीमा शुल्क संकलन गरेको छ । एलआइसी नेपालले ७ लाख रुपैयाँ लघु बीमालेख मार्फत बीमा शुल्क संकलन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, मेट लाइफले ५ करोड २८ लाख रुपैयाँ लघु बीमालेख मार्फत बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले १४ लाख रुपैयाँ लघु बीमालेख मार्फत बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले १ करोड ३६ लाख रुपैयाँ लघु बीमालेख मार्फत बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ४५ लाख रुपैयाँ लघु बीमालेख मार्फत बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले १७ करोड ८५ लाख रुपैयाँ लघु बीमालेख मार्फत बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी सूर्यज्योति लाइफले १० करोड ८५ लाख रुपैयाँ लघु बीमालेख मार्फत बीमा शुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ९ करोड ५० लाख रुपैयाँ लघु बीमालेख मार्फत बीमा शुल्क संकलन गरेको छ । हिमालयन लाइफले २३ हजार संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ८ करोड ९१लाख रुपैयाँ लघु बीमालेख मार्फत बीमा शुल्क संकलन गरेको छ ।

हालै संचालनमा आएका गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले ३५ लाख रुपैयाँ लघु बीमालेख मार्फत बीमा शुल्क संकलन गरेको छ । क्रेष्ट माइक्रो लाइफले ६१ लाख रुपैयाँ लघु बीमालेख मार्फत बीमा शुल्क संकलन गरेको छ । लिबर्टी माइक्रो लाइफले ११ लाख रुपैयाँ लघु बीमालेख मार्फत बीमा शुल्क संकलन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS