IME Life
Beema Board

जीवन बीमा अभिकर्ता परीक्षाको प्रतिफल सार्वजनिक, अब कहिले हुँदैछ परीक्षा ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुस २५ गते संचालन गरेको जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको प्रतिफल सार्वजनिक गरेको छ । पुस २५ गते संचालन गरेको उक्त परीक्षामा २४७ जना उर्तिण भएका छन् । यससँगै हालसम्म ३ हजार २९५ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन् ।

प्राधिरकणले पुस २७ गते र २९ गते हुने परीक्षाको तालिका पनि सार्वजनिक गरेको छ । शुक्रबार बिहान ८ः३० बजेदेखि १० बजेसम्म पहिलो, ११ बजेदेखि १२ः३० बजेसम्म दोस्रो र १ बजेबाट २ः३० सम्म तेस्रो परिक्षा संचालन गर्ने भएको छ ।

Prabhu
Crest

त्यस्तै, पुस २९ गते आइतबार विहान ८ः३० बजेदेखि १० बजेसम्म पहिलो, साझ ४ः३० बजेबाट र साझ ६ बजेबाट ७ः३० बजेसम्म तेस्रो संचालन हुने भएको छ ।

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु गरेको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

यसअघि पहिलो चरणमा २१९ जना, दोस्रो चरणमा १७६ जना, तेस्रो चरणमा ११६ जना, चौथो चरणमा २१५ जना, पाँचौँ चरणमा ३५९ जना, छैटौँ चरणमा २११ जना, सातौँ चरणमा २८८ जना गरी १ हजार ५८४ जना, आठौँ चरणमा २१६ जना र नवौँ चरणमा ३६९ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरिसकेका छन् ।

प्राधिकरणले वितरण गरेको प्रमाणपत्रमा बीमा ऐन २०७९ को दफा ९२ उपदफा २ को व्यवस्थाबमोजिम बीमा मध्यस्थकर्ता ९अभिकर्ता०को इजाजतपत्रका लागि प्राधिकरणद्वारा सञ्चालित जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा सहभागी भई उत्तीर्णांक प्राप्त गरेमा प्रमाणपत्र प्रदान गर्दै जाने प्राधिकरणले जनाएको छ।

result_09-25_20240111_0001

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS