IME Life

मेरो माइक्रोफाइनान्सले डाक्यो माघ २६ गते साधारण सभा, यस्ता छन् ५ एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारण सभा माघ २६ गते शुक्रबार गर्ने भएको छ । उक्त सभा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा बिहान साढे ११ बजे गर्ने भएको हो । कम्पनीको पुस २३ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले हाल कायम पूँजी संरचना संस्थापक शेयरधनीको ६९.४०५ र सर्वसाधारण शेयरधनीको ३०.६०५० लाई परिमार्जन गरी संस्थापक शेयरधनीको ५९.४०५ र सर्वसाधारण शेयरधनीको ४०.६०५ कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले गत वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षणसहितको असार मसान्तसम्मको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले वित्तीय संस्थाको प्रबन्धपत्र दफा ६ को ङ र च मा आवश्यक संशोधन गर्ने प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । नियमनकारी निकायबाट कुनै फेरबदल गर्ने निर्देशन आएमा सोही बमोजिम गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्न प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सभाधारण सभा प्रयोजनार्थका लागि माघ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार माघ ४ गतेसम्म नेप्समा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS