IME Life

जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसाय करिब ११ अर्ब, दुई बाहेक सबैले करोडमा संकलन गर्दा कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को मंसिर महिनासम्म अर्थात पाँच महिनामा जीवन बीमा कम्पनीहरुले करिब ११ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । कम्पनीहरुले यस अवधिमा ६१ अर्ब ७४ करोड कुल बीमा शुल्क आर्जन गर्दा नयाँ ब्यापार भने १० अर्ब ९७ करोड ३२ लाख रुपैयाँ गरेका छन् । यस अवधिमा यी कम्पनीहरुले ५० अर्ब ७७ करोड रुपैयाँ नविकरण मार्फत बीमा शुल्क आर्जन गरेका छन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेपाल लाइफ नै रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ५८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आजृन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ६१ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ८१ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, एलआइसी नेपाल चौथोमा रहेको छ । कम्पनीले यस अवधिमा ८० करोड ७४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ७८ करोड ६५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले ६२ करोड ६४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले ५६ करोड ५१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

Prabhu
Crest

सानिमा रिलायन्स लाइफले ५५ करोड ७७ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ५२ करोड ४५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । आइएमई लाइफले ५० करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ४८ करोड ५८ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

त्यसैगरी मेट लाइफले ४८ करोड ३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ३३ करोड ५३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले २८ करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS