IME Life
Beema Board

अभिकर्ताको अनलाइन परीक्षा उत्तीर्ण गर्नेको संख्या २ हजार १६९ पुग्यो

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाइन माध्यमबाट लिन थालेको परीक्षाबाट हालसम्म २ हजार १६९ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्।

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु भएको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

Prabhu
Crest

नवौँ चरणमा पुस १७ गतेदेखि पुस २० गतेसम्म सञ्चालित परीक्षाबाथ थप ३६९ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्। योसँगै अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गर्नेको संख्या २ हजार १६९ पुगेको हो।

यसअघि पहिलो चरणमा २१९ जना, दोस्रो चरणमा १७६ जना, तेस्रो चरणमा ११६ जना, चौथो चरणमा २१५ जना, पाँचौँ चरणमा ३५९ जना, छैटौँ चरणमा २११ जना, सातौँ चरणमा २८८ जना गरी १ हजार ५८४ जना र आठौँ चरणमा २१६ जनाले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरिसकेका छन्।

प्राधिकरणले वितरण गरेको प्रमाणपत्रमा बीमा ऐन २०७९ को दफा ९२ उपदफा २ को व्यवस्थाबमोजिम बीमा मध्यस्थकर्ता (अभिकर्ता)को इजाजतपत्रका लागि प्राधिकरणद्वारा सञ्चालित जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा सहभागी भई उत्तीर्णांक प्राप्त गरेमा प्रमाणपत्र प्रदान गर्दै जाने प्राधिकरणले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS