IME Life

मंसिरयता बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले तान्यो पौने ३ खर्ब बढी रकम, अन्तरबैंक दर अझै ३% भन्दा कम

SPIL
NIC ASIA

काठमाडौं। बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले मंसिरयता पौने ३ खर्ब रुपैयाँ बढी रकम बैंकहरुबाट तानेको छ।

राष्ट्र बैंकको नीतिगत व्यवस्थाअनुसार अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा कम रहँदा राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्नुपर्छ। अहिले अन्तरबैंक ब्याजदर २.८० प्रतिशत रहेको छ।

Prabhu
Crest

राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै मंसिरयता बैंकिङ प्रणालीबाट २ खर्ब ८५ अर्ब रुपैयाँ खिचेको हो। केन्द्रीय बैंकले मंसिरमा ८ पटक यो उपकरण प्रयोग गर्दै १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो। यो पुस महिनाको अहिलेसम्म भने राष्ट्र बैंकले १ खर्ब ६० अर्ब रुपैयाँ तानिसकेको छ।

राष्ट्र बैंकले हिजो २५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो। यो निक्षेप संकलनको भारित औसत ब्याजदर ३ प्रतिशत कायम भएको छ। बैंकहरुले अधिकतम ३.११ प्रतिशत र न्यूनतम २.५९ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS