IME Life

हिमालयन रिइन्स्योरेन्सको पहिलो दिनको कारोबारबाटै आइपीओ लगानीकर्ताको लगानी उठ्ला ?

SPIL
NIC ASIA

काठमाडौं । प्रति साधारण शेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम बापत १०६ रुपैयाँ थपगरी प्रति कित्ता २०६ रुपैयाँमा आइपीओ निष्काशन गरेको हिमालयन रिइन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । अबको केही समयमा कम्पनीको आइपीओ धितोपत्र दोश्रो बजारमा सूचीकृत हुनेछ ।

कम्पनीले सार्वजनिक गरेको विवरण पत्र अनुसार कम्पनीले आर्थिक वर्ष ७८/७९ सम्मको वास्तविक वित्तीय विवरण सार्वजनिक गरेको छ  । आर्थिक वर्ष ७९/८० को असार मसान्तसम्मको विवरण अपरिस्कृत वित्तीय विवरण भएकाले आर्थिक वर्ष ७८/७९ को प्रति शेयर नेट्वर्थको आधारमा कम्पनीले पहिलो कारोबारको  रेञ्ज पाउने  सम्भावना छ  ।

Prabhu
Crest

कम्पनीको आर्थिक वर्ष ७८/७९ सम्मको प्रति शेयर नेट्वर्थ १०३ रुपैयाँ ०७ पैसा रहेको छ । सो नेट्वर्थको आधारमा कम्पनीले पहिलो कारोबारको लागि १०३ रुपैयाँ ०७ पैसा देखि   ३०९ रुपैयाँ २१ पैसाको ओपनिङ्ग रेञ्ज पाउने सम्भावना छ । नेप्सेको स्पेशल प्री ओपनिङ्ग सेसनमा यो रेञ्जमा पहिलो कारोबार भए पश्चात् कम्पनीको शेयर नियमति सेसनमा आउने छ । नियमति सेसनमा कम्पनीको मूल्य १० प्रतिशतसम्म घटबढ हुन सक्नेछ । यसरी हेर्दा कम्पनीका आइपीओ लगानीकर्ताले पहिलो दिन नै आफ्नो सावा  भन्दा माथि बजार मूल्य हेर्न पाउने सम्भावना रहेको छ ।

नोट : रेञ्ज गणना गर्दा कम्पनीको पछिल्लो वास्तविक प्रति शेयर नेट्वर्थको आधारमा गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

56%

खुसी

6%

दु :खी

19%

अचम्मित

13%

उत्साहित

6%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS