IME Life

सप्तकोशी डेभलपमेन्ट बैंकको साधारण सभा पुस २९ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले पुस २९ गते आफ्नो १४औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा मोरङ, विराटनगरस्ठित कञ्चनजंघा पार्टी प्यालेसमा हुने जनाएको छ । सभा बिहान ११ बजे शुरु गरिने बैंकको भनाई छ । बैंकको पुस ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव, नगद प्रवाह, वासलात लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै सभाले यस बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्नरगाभिन वा प्राप्ति गर्न आवश्यक भएमा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले साधारण सभा प्रयोजनको लागि पुस १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS