IME Life
Beema Board

हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न दुई हाइड्रोपावरले बोलाए पुस २९ गते साधारणसभा

SPIL
NIC ASIA

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव अनुमोदनका लागि साधारण सभा बोलाएका छन् । यी दुबै कम्पनीले पुस २९ गते, आइतबार साधारण सभा आयोजना गर्ने भएका छन् ।

दोर्दी खोलाको साधारण सभा हिमशिखर पार्टी भेन्यू, चापागाउँमा बिान साढे ८ बजे शुरु हुनेछ भने राप्ती हाइड्रोको सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा दिउँसो साढे २ बजे शुरु हुनेछ ।

Prabhu
Crest

दोर्दी खोलाको साधारण सभाले हकप्रद शेयर निष्काशन गर्ने मुख्य एजेण्डा पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

त्यस्तै, राप्ती हाइड्रोको सभाले हकप्रद शेयर निष्काशन गर्ने मुख्य एजेण्डा पारित गर्नेछ । सभाले पनि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि यी दुबै कम्पनीहरुले पुस १५ गते बुकक्लोज गर्ने भएका छन । त्यसकारण पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन सक्नेछन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS