IME Life
Beema Board

हमालको कार्यकालमा आइपीओको बाढी, ९ वटाले प्रिमियममा जारी गर्दा सर्वोत्तम बन्यो बुक बिल्डिङबाट ल्याउने पहिलो कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्षको जिम्मेवारी सम्हालेयता रमेशकुमार हमालले ६७ वटा कम्पनीलाई आइपीओ अनुमति निष्कासन अनुमति  दिएका छन्।

हमालले २०७८ चैत ८ गतेबाट सेबोनको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। हमाललाई सरकारले २०७८ चैत ५ गते सरकारले सेबोन अध्यक्षमा नियुक्त गरेको थियो। उनको कार्यकाल यही पुस २० गते सकिँदैछ।

Prabhu
Crest

सेबोनमा हमाल अध्यक्ष भएर आएयता हालसम्म ५७ वटा जलविद्युत कम्पनीसहित ६७ वटा कम्पनीले आइपीओ अनुमति पाएका छन्।

हमाल आएपछि आर्थिक वर्ष २०७८/७९ मा १९ वटा कम्पनीले आइपीओ अनुमति पाएका थिए। जसमा १४ वटा जलविद्युत र ५ वटा लघुवित्त वित्तीय संस्था छन्।

त्यसपछि आर्थिक वर्ष २०७९/८० मा सेबोनबाट ४२ वटा कम्पनीले आइपीओ अनुमति पाए। जसमा २९ वटा जलविद्युत, ४ वटा बीमा, ४ वटा लघुवित्त, अन्य समूहका २ वटा र होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र लगानी समूहका १–१ वटा कम्पनी छन्।

चालु आर्थिक वर्ष २०८०/८१ को कात्तिक १ गतेसम्म भने सेबोनबाट ६ वटा कम्पनीले आइपीओ अनुमति पाएका छन्। जसमा ३ वटा अन्य समूहका, २ वटा उत्पादन तथा प्रशोधन समूहका र एउटा जलविद्युत कम्पनीका छन्।

हमालकै कार्यकालमा प्रिमियममा आइपीओको बाढी नै आएको छ। उनले ९ वटा कम्पनीलाई प्रिमियममा आइपीओ ल्याउन अनुमति दिएका छन्।

यसरी प्रिमियममा आइपीओ ल्याउनमा ४ वटा जीवन बीमा कम्पनी छन्। जसअनुसार आइएमई लाइफले अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर २३६.९१ रुपैयाँमा, सन नेपाल लाइफले १३९ रुपैयाँ प्रिमियम थपेर २३९ रुपैयाँमा, सिटिजन लाइफले १४४ रुपैयाँ प्रिमियम थपेर २४४ रुपैयाँमा, रिलायबल लाइफले १५७ रुपैयाँ प्रिमियम थपेर २५७ रुपैयाँमा आइपीओ बिक्री गरे।

हमालकै पालामा अंकित मूल्यमा सोनापुर मिनरल्सले १३७.५८ रुपैयाँ प्रिमियम थपेर २३७.५८ रुपैयाँमा, घोराही सिमेन्टले ३३५ रुपैयाँ प्रिमियम थपेर ४३५ रुपैयाँमा, हिमालयन रिइन्स्योरेन्सले १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँमा, भगवती हाइड्रोपावरले १६ रुपैयाँ प्रिमियम थपेर ११६ रुपैयाँमा र माण्डु हाइड्रोपावरले १०६ रुपैयाँ २०६ रुपैयाँमा आइपीओ ल्याउन पाए।

यसैगरी हमालकै कार्यकालमा पहिलोपटक बुक बिल्डिङ विधि आइपीओ अनुमति पाउनेमा सर्वोत्तम सिमेन्ट पहिलो कम्पनीले बन्यो। यो कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई ४०१ रुपैयाँ कट अफ प्राइसमा आईपीओ बिक्री गर्यो। सर्वसाधारण लगानीकर्ताका लागि भने कम्पनीले अब ३६०.९० रुपैयाँमा आइपीओ बिक्री खुला गर्दैछ। बुक बिल्डिङ विधिमा भएको व्यवस्थाअनुसार योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त बोलपत्रबाट निकालिएको कटअफ प्राइसमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई आइपीओ निकाल्नुपर्छ।

अझै २४ वटा कम्पनीको आइपीओ सेबोनको पाइपलाइनमा रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS