IME Life
Beema Board

राधी विद्युत कम्पनीको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

SPIL
NIC ASIA

काठमाडौं । राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको पुस ७ गते (शनिबार) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश छन्।

Prabhu
Crest

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले पुस २९ गते वार्षिक साधारणसभा डाकेको छ। सभा काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले लाभांश स्वीकृतिसँगै उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ। वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS