IME Life
Beema Board

सर्वसाधारणका लागि आइपीओ ल्याउन सर्वोत्तम सिमेन्टले पायो अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि आइपीओ ल्याउने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई आइपीओ ल्याउन अनुमति दिएको हो। अब यो कम्पनीले प्रतिकित्ता ३६०.९० रुपैयाँमा आइपीओ बिक्री खुला गर्नेछ।

Prabhu
Crest

कम्पनीले स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि कुल ३६ लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। जसबाट कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ संकलन गर्नेछ।

कम्पनीले यसअघि बुक बिल्डिङ विधिबाट योग्य संस्थागत लगानीकर्तालाई शेयर बिक्री गर्दा कायम भएको कटअफ प्राइसमा १० प्रतिशत छुट दिएर आइपीओ जारी गर्न लागेको हो। योग्य संस्थागत लगानीकर्ताबाट परेको बोलपत्र खुला गर्दा प्रतिकित्ता ४०१ रुपैयाँ कट अफ प्राइस कायम भएको थियो। जसअनुसार कम्पनीले १० प्रतिशत छुट दिएर प्रतिकित्ता ३६०.९० रुपैयाँमा सर्वसाधारणलाई आइपीओ ल्याउनेछ।

कम्पनीले कुल ६० लाख कित्तामध्ये ४० प्रतिशतले हुन आउने २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरिसकेको छ। बाँकी ६० प्रतिशत अर्थात् ३६ लाख कित्ता अब सर्वसाधारणका लागि जारी हुनेछ।

यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS