IME Life

हिमालयन रिइन्स्योरेन्सको आइपीओमा आवेदनको ओइरो, आज अन्तिम दिनसम्म कतिले भरे ?

SPIL
NIC ASIA

काठमाडौं । आज हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओमा साढे १६ लाख बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार अर्थात पुस २ गते साँझ ५ः०८ बजेसम्म १६ लाख ६० हजार २२ जना आवेदकले ६ अर्ब ६३ करोड ६३ लाख ४० हजार ४ हजार ४२० रुपैयाँ बराबरको ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् ।

कम्पनीले मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरेपछि सर्वसाधारणका लागि साधारण शेयर जारी गरेको हो ।

Prabhu
Crest

कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ।

कम्पनीले कुल कित्ताको २ प्रतिशतले हुन आउने ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १५ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी रहेको २ करोड ४९ लाख कित्तामा सर्वसाधारणलाई विक्री गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आइपीओ बिक्री खुला गरेको हो । हिमालयन रिइन्स्योरेन्सको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ। कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङअनुसार इक्रा नेपालबाट केयरएनपी आईआर ए माइनस रेटिङ पाएको छ। यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

50%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS