IME Life

कुन फाइनान्स कम्पनीको शेयर किन्दा अझै पाइन्छ लाभांश ? कुनमा इल्ड राम्रो ?

SPIL
NIC ASIA

काठमाडौं । हालसम्म २ फाइनान्स कम्पनीले मात्र आर्थिक वर्ष ७९/८० को लागि लाभांश घोषणा गरेका छन् । आईसीएफसी फाइनान्स र मन्जुश्री फाइनान्सले लाभांश प्रस्ताव गरे पनि बुक क्लोजको मिति भने तय भएको छैन ।

आईसीएफसी फाइनान्सको संचालक समितिको बैठकले ६ दशमलव ५० प्रतिशत नगद लाभांश प्रस्ताव गर्दा  मन्जुश्री फाइनान्सको संचालक समितिको बैठकले ५ दशमलव २६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

Prabhu
Crest

दुई फाइनान्स कम्पनीमध्ये पछिल्लो बजार मूल्यको आधारमा आईसीएफसी फाइनान्सको डिभिडेण्ड इल्ड  धरै देखिन्छ । कम्पनीको पछिल्लो बजार मूल्य ४७८ रुपैयाँ ९० पैसाको आधारमा कम्पनीको प्रस्तावित ६ दशमलव ५० प्रतिशत नगद लाभांशलाई हेर्दा डिभिडेण्ड इल्ड १ दशमलव ३६ प्रतिशत हुन्छ ।

त्यस्तै मन्जुश्री फाइनान्सको पछिल्लो बजार मूल्य ५२५ रुपैयाँको आधारमा कम्पनीको प्रस्तावित ५ दशमलव २६ प्रतिशत नगद लाभांशलाई हेर्दा डिभिडेण्ड इल्ड १ प्रतिशत हुन्छ ।

नोट : कम्पनीको बजार मूल्य र प्रस्तावित लाभांशलाई दाँजेर हेर्दा कुन कम्पनीको लाभांशमा आजको बजार मूल्यमा खरिद गर्दा धेरै प्रतिफल छ भन्नको लागि “डिभिडेण्ड इल्ड”बाट हेर्न सकिन्छ । उदाहरणको लागि कुनै कम्पनीको बजार मूल्य २०० रुपैयाँ छ र त्यो कम्पनीले १० प्रतिशत लाभांश दिँदै छ भने सो मूल्यमा शेयर खरिद गरेर लाभांश खादा ५ प्रतिशतको इल्ड प्राप्त हुन्छ। (अंकित मूल्य एक सय भएको अवस्थामा)

Disclaimer: उपलब्ध तथ्यांकको आधारमा गरिएको विस्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS