IME Life

खर्चिलो एमडिआरटीको तडकभडक, नेपालको सन्दर्भमा कति उपयुक्त

SPIL
NIC ASIA

काठमाडौं । सन् २०२३ को अन्त्यका लागि अब जम्मा जम्मी २१ दिन बाँकी छ। इस्वी सम्वतको जनवरी देखि डिसेम्बरसम्म १२ महिनाको अवधिको बीमा व्यवसायको आधारमा मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) का लागि योग्य ठहरिने भएकाले इस्वी सम्वतको क्यालेण्डर बीमा कम्पनी र व्यवसायीक अभिकर्ता दुबैका लागि महत्व राख्छ।

सन् २०२४ का लागि एमडिआरटी सदस्यता प्राप्त गर्न योग्य ठहरिनका लागि अभिकर्ता कमिशनवापतको रकम कमाउनका लागि अब जम्मा जम्मी २१ दिन बाँकी भएकाले जीवन बीमा कम्पनीहरु व्यवसायीक र सकृय अभिकर्ताहरुलाई हर स‌ंभव उपायबाट प्रोत्साहन गर्ने प्रयास जारी राखेका छन् । पहिले एमडिआरटीका लागि योग्य भइसकेकाहरु भन्दा पनि पहिलो पटक एमडिआरटीका लागि योग्य हुने स‌ंभाव्यता भएकाहरूमा तुलनात्मकरुपमा बढी उत्साह छ।

Prabhu
Crest

मिलियन डलर राउण्ड टेबल विश्वभरका वित्तीय सल्लाहकार प्रायःजसो बीमा अभिकर्ताको स‌ंस्था हो । यो स‌ंस्थाले आफ्नो सदस्यता वितरणका लागि प्रत्येक वर्ष फरक फरक मुलुकका अभिकर्ताका लागि फरक फरक व्यवसायीक लक्ष्य निर्धारण गरेको हुन्छ। तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्ने अभिकर्ताले महँगो सदस्यता शुल्क भुक्तानी गरेर आफूले गरेको व्यवसायका आधारमा एक पटकका लागि सदस्यता हात पार्न सक्छन् । सदस्यता नविकरणका लागि पुनः व्यवसायीक लक्ष्य पुरा गरेर योग्यता हासिल गर्नुपर्छ र पुनः महँगो सदस्यता शुल्क भुक्तानी गर्नुपर्छ।

कति लाग्छ खर्च ?

एमडिआरटी अन्तर्गत तीन तहको योग्यता क्रम निर्धारण गरिएको हुन्छ।  पहिलो एमडिआरटी, दोश्रो सिओटी र तेश्रो टिओटी । सन् २०२३ मा कूल ३७ लाख ९२ हजार ३००  प्रथम बीमाशुल्क स‌ंकलन गर्नेलाई एमडिआरटी, कूल १ करोड १३ लाख ७६ हजार ९००  प्रविशुल्क स‌ंकलन गर्नेलाई टिओटी र कूल २ करोड २७ लाख ५३ हजार ८०० सय प्रविशु स‌ंकलन गर्नेलाई सिओटी तहको सदस्यता वितरण गर्नेछ।

एमडिआरटीका लागि ६०० अमेरिकी डलर, सिओटीका लागि ६५० अमेरिकी डलर र टिओटीका लागि ११५० अमेरिकी डलर सदस्यता शुल्क निर्धारण गरिएको छ। यस हिसाबले सदस्यता शुल्कवापत एमडिआरटीका लागी ८० हजार सिओटीका लागि ८६ हजार ७ सय र टिओटीका लागि १ लाख ५३ हजार ५५५ रूपैयाँ सदस्यता शुल्क भुक्तानी गर्नुपर्छ। यो शुल्क एक वर्षका लागि मात्र मान्य हुन्छ।

यसका अतिरिक्त क्यानेडाको भ्यानकुभरमा आगामी जुन महिनामा आयोजना गर्न लागिएको एमडिआरटी विश्व सम्मेलनमा सहभागिता लागि एमडिआरटीले ९९५ अमेरिकी डलर (१ लाख ३२ हजार ८६०), सिओटीले १०९५ अमेरिकी डलर (१ लाख ४६ हजार) र टिओटीले लागि ११९५ अमेरिकी डलर (१ लाख ५९ हजार ५६४) दर्ता शुल्कवापत भुक्तानी गर्नुपर्ने एमडिआरटीले जानकारी दिएको छ। यसमा कार्यक्रममा सहभागिताको शुल्क मात्र समावेश गरिएको छ। भिसा खर्च,आतेजाते हवाई टिकट र कार्यक्रम हुने शहरमा बसोबास तथा स्थानीय यातायातवापतको खर्च बेग्लै । हवाई टिकटका लागि इकोनोमि क्लासको एकतर्फी टिकटको मूल्य कम्तीमा १ हजार अमेरिकी डलर छ। दुईतर्फीको कम्तीमा २ हजार अमेरिकी डलर अर्थात् २ लाख ६७ हजार नेपाली रुपैयाँ खर्चिनुपर्छ। क्यानेडाको भिसा आवेदन शुल्क १३९ अमेरिकी डलर अर्थात् १८ हजार ५६० नेपाली रुपैयाँ छ। भिसा अस्वीकृत भएमा यो रकम खेर जानेछ।

एमडिआरटीका लागि योग्य भएपछि स‌ंसारै जितिने झै‌ं गरेर सिनियरहरूले हाै‌ंस्याउनुभयो, पोहोर एमडिआरटी योग्य भएर पनि भिसा आवेदन अस्वीकृत गरिएका एक अभिकर्ताले भने,बिजनेश पुरा गर्न आफ्नै पैसा हालेर पनि उधारोमा बीमा गरियो, तर अहिले उपलब्धी शुन्य छ।

निजी खर्चमा विदेश भ्रमणको अवसरसँगै अन्तर्राष्ट्रिय मञ्चमा सहभागिताको अवसर एमडिआरटीको आकर्षक पक्ष हो। यसले अभिकर्ताहरुलाई अन्तर्राष्ट्रियरुपमा सम्बन्ध स्थापित गर्न सघाउनुका साथै सफल वित्तीय सल्लाहकारहरुको अनुभव सुन्ने अवसर पनि दिलाउँछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

0%

दु :खी

14%

अचम्मित

14%

उत्साहित

43%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS