Connect IPS
IME Life

बैंकिङ प्रणालीबाट लगातार पैसा तान्दै राष्ट्र बैंक, आइतबार फेरि २० अर्ब खिच्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तानिरहेको छ।

केन्द्रीय बैंकले आउँदो आइतबार (मंसिर २४ गते) फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ खिच्ने भएको छ । यसका लागि आइतबार दिउँसो २ बजे बोलकबोल हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। ७ दिने यो निक्षेप संकलन उपकरणको पुस १ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। योसँगै राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न मंसिरमा मात्रै आठौँपटक यो उपकरण प्रयोग गर्न लागेको हो।

Prabhu
Crest

राष्ट्र बैंकले आज पनि निक्षेप संकलन उपकरण प्रयोग गर्दै २५ अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो। यसको आज १२ बजे बोलकबोल गरिएको थियो।

यसअघि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले मंसिर २१ २५ अर्ब रुपैयाँ, मंसिर २० गते १० अर्ब रुपैयाँ, मंसिर १७ गते १० अर्ब रुपैयाँ, मंसिर १४ गते १५ अर्ब रुपैयाँ, मंसिर १२ गते १० अर्ब रुपैयाँ र मंसिर ६ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS