IME Life

नबिल बैंकले मंसिर २९ गतेबाट रु. ३ अर्बको ऋणपत्र बिक्री खुला गर्ने, कति पाइन्छ ब्याज ?

SPIL
NIC ASIA

काठमाडौं । नबिल बैंकले यही मंसिर २९ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको बिक्री खुला गर्ने भएको छ।

बैंकले ‘नबिल डिबेन्चर–२०८७’ नामक ऋणपत्र बिक्री खुला गर्ने भएको हो। बैंकले प्रतिइकाइ १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र जारी गर्ने छ। कुल इकाइमध्ये १८ लाख इकाइ बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ।

Prabhu
Crest

सर्वसाधारणलाई छुट्याइएको कुल इकाइमध्ये ५ प्रतिशतले हुने आउने ६० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याइएको छ। बाँकी ११ लाख ४० हजार इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले यो ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा १२ लाख इकाइका लागि खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा पुस ३ गते र ढिलोमा पुस १३ गते बैंकिङ समयपछि हुनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

नबिल बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ। यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

नबिल बैंकले ऋणपत्र निष्कासन गर्न इक्रा नेपालबाट इक्रा एनपी इस्यूअर रेटिङ डबल ए माइनस रेटिङ प्राप्त गरेको छ। यो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा उच्च मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS