IME Life

लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये कसको शेयर किन्दा अझै पाइन्छ लाभांश ?

SPIL
NIC ASIA

काठमाडौं । हालसम्म गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १० वाणिज्य बैंकले लाभांश दिने घोषणा गरेकोमा ८ वाणिज्य बैंकको लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बुक क्लोज भइसकेको अवस्था छ । ग्लोबल आइएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बुक क्लोज गरिसकेको अवस्था छ । अब यी बैंकको शेयर किन्दा आर्थिक वर्ष २०७९/८० को लाभांश पाईने छैन ।

लाभांश घोषणा गरेका १० बैंकमध्ये नबिल बैंकको बुक क्लोज मिति तय भए पनि बोक क्लोज मिति आउन केही दिन बाँकी छ । नबिलले वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ मंसिर २९ गते बुक क्लोज गर्दैछ। यस बुक क्लोज मितिका आधारमा मंसिर २८ गतेसम्म कायम शेयरधनीले कम्पनीको लाभांश प्राप्त गर्न योग्य हुनेछन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापुँजीका आधारमा ११ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल एसबिआई बैंकको सञ्चालक समितिको बैठकले ३.७५ प्रतिशत बोनस शेयर र ६.८० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले साधारणसभा र बुक क्लोजको मिति भने तय गरेको छैन । नेपाल राष्ट्र बैंक स्वीकृतिपश्चात् बैंकले साधारणसभा र बुक क्लोजको मिति तय गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS