IME Life

स्वास्थ्य बीमा बोर्डको पूर्व कार्यकारी लोहनीलाई सञ्चालक समिति अध्यक्षको जिम्मेवारी

SPIL
NIC ASIA

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको स‌ंस्थापक कार्यकारी निर्देशक गुणराज लोहनीले बोर्ड सञ्चालक समितिको अध्यक्ष पदको जिम्मेवारी पाएका छन् । मन्त्री परिषदको बुधबार बसेको बैठकले बोर्डको रिक्त अध्यक्ष पदमा पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा गुणराज लोहनीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी पहिलो पटक स्वास्थ्य बीमा कार्यक्रम लागू गर्दा बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका थिए । २०७२ चैत २५ मा कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ भएको हो । त्यसपछि स्वास्थ्य बीमा ऐन मस्यौदा तयार पार्न पनि उनको योगदान रहेको थियो ।

Prabhu
Crest

गत २४ माघमा डा. सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य बीमा बोर्डको अध्यक्षबाट राजिनामा दिएपछि अध्यक्ष पद रिक्त रहेको थियो । उप्रेतीले बोर्डलाई स्वायत्तरुपमा काम गर्नका लागि स्वास्थ्य मन्त्रालयको असहयोग रहँदै आएको भन्दै राजीनामा दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS