IME Life

एक महिनामा जीवन बीमा कम्पनीहरुले संकलन गरे करिब २ अर्ब प्रथम बीमा शुल्क, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को कार्तिक महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले करिब २ अर्ब नयाँ व्यवसाय भित्राएका छन् । प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले कार्तिक महिनामा ३ लाख २१ हजार ९०८ वटा बीमा पोलिसी विक्री गरी १ अर्ब ९० करोड ४० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् । त्यस्तै, कार्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुले१ करोड ३७ लाख १४ हजार ५४७ वटा बीमा पोलिसी विक्री गरी कूल ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यस अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क नेपाल लाइफले नै आर्जन गरेको छ । कम्पनीले एक महिनामा ५२ करोड १ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा३५ करोड १३ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले १७ करोड १४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, सूर्यज्योति लाइफले १० करोड ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । एशियन लाइफले १० करोड २४ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । हिमालयन लाइफले ९ करोड ७५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ८ करोड ७२ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ८ करोड १९ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।त्यसैगरी मेट लाइफले ७ करोड ८१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । सिटिजन लाइफले ७ करोड ५ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । आइएमई लाइफले ६ करोड ५७ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ६ करोड २१ लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५ करोड ८० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ५ करोड २० लाख रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS