IME Life

४ महिनामा जीवन बीमा कम्पनीहरुको कूल ब्यापार ४९ अर्ब ४३ करोड, कुनको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को कार्तिक महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४९ अर्बमाथि कूल बीमा शुलक आर्जन गरेका छन् । यी कम्पनीहरुले कार्तिक महिनासम्ममा १ करोड ३७ लाख १४ हजार ५४७ वटा बीमा पोलिसी विक्री गरी कूल ४९ अर्ब ४३ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् ।

नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यस अवधिमा नेपाल लाइफकै अग्रता कायम रहेको छ । यस अवधिमा कम्पनीले १३ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ५ अर्ब ५६ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा हिमालयन लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ५ अर्ब ३६ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
नेशनल लाइफले ५ अर्ब २९ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब २३ करोड, सूर्यज्योति लाइफले २ अर्ब ७६ करोड, एशियन लाइफ इन्स्योरेन्सले २ अर्ब ३६ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ८९ करोड, सिटिजन लाइफले १ अर्ब ७८ करोड, मेट लाइफले १ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गर्न सफल भएका छन् ।

Prabhu
Crest

त्यस्तै, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ३७ करोड, आइएमई लाइफले १ अर्ब ३० करोड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब २१ करोड र सन नेपाल लाइफले १ अर्ब १२ करोड रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS