IME Life
Beema Board

वित्तीय ठगीका घटना बढेपछि राष्ट्र बैंकले भन्यो-‘लहैलहैमा लागेर पैसा वा खाताका विवरण नपठाऔँ’

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय ठगीबाट बच्न सतर्क हुन आग्रह गरेको छ।

राष्ट्र बैंकले वित्तीय चेतनाका लागि आज जारी गरेको एक सूचनामा यस्तो आग्रह गरिएको हो। ‘वित्तीय ठगीबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ’, राष्ट्र बैंकले भनेको छ।

Prabhu
Crest

ह्वाट्सअप, भाइबर, म्यासेन्जरजस्ता मोबाइल एप वा ई–मेल वा फोनबाट विभिन्न किसिमका चिठ्ठा परेको, पुरस्कार जितेको, धनसम्पत्ति वा सुन फेला परेको, अपुताली सम्पत्ति फेला परेको वा छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएकोजस्ता विभिन्न बहानाका सन्देश पठाउने गरेको राष्ट्र बैंकले जनाएको छ। ‘त्यस्ता सन्देश पठाए उक्त रकम वा सम्पत्ति प्राप्त गर्न केही रकम पठाउनुपर्दछ वा खाताको जानकारी दिनुपर्दछ भनी सर्वसाधारणलाई आर्थिक प्रलोभन देखाई ठगी गर्ने घटना संसारभर हुने गरेका छन्’, सूचनामा भनिएको छ, ‘यी सबै घटना वित्तीय ठगीका उदाहरण हुन्।’

त्यस्ता सन्देशलाई विश्वास गर्ने, हुँदै नभएको वा आफूले भाग नलिएको चिठ्ठा वा पुरस्कार जितेको कुराको पछि लाग्ने वा चिन्दै नचिनेको व्यक्तिका झुटो कुराको विश्वास गरी लहैलहैमा लागेर पैसा पठाउने वा खाताका विवरण उपलब्ध गराउने कार्य नगर्न राष्ट्र बैंकले सूचनामार्फत सचेत गराएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS