IME Life
Beema Board

राष्ट्र बैंकले १८.५० अर्ब आन्तरिक ऋण नवीकरण गर्ने, सोमबार बोलकबोल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १८ अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।

केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको १८ अर्ब ५० करोड रुपैयाँबराबरको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो। यसअघि भोलि दिउँसो २ बजे बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्।

Prabhu
Crest

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।

राष्ट्र बैंकले मंसिर १२ गते जारी हुने २८ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्नेछ। २८ दिनका लागि ५ अर्ब रुपैयाँ, १८२ दिनका लागि ६ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण हुनेछ। यी ट्रेजरी बिलको परिपक्व मिति क्रमशः पुस १० गते, २०८१ जेठ १५ गते र २०८१ मंसिर ११ गते रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS