IME Life

जीवन बीमा कम्पनीको बीमा कोषमा ६ खर्ब ६ अर्ब ७७ करोड, दुईको खर्ब माथि हुँदा कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले प्रकाशन गरेको चालू आर्थिक वर्ष २०८०/ ८१ को प्रथम त्रैमासको वित्तीय विवरणका अनुसार जीवन बीमा कोषको आकार ६ खर्ब माथि पुगेको छ । आर्थिक वर्ष २०८०/ ८१ को प्रथम त्रैमास अर्थात् ३ महिनासम्ममा जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषमा ६ खर्ब ६ अर्ब ७७ करोड ८८ लाख १८ हजार रुपैयाँ रहेको छ ।

रकमका आधारमा दुई पुराना जीवन बीमक एलआइसी नेपाल र नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोष १ खर्ब रुपैयाँभन्दा बढी छ। यस अवधिसम्ममा सबैभन्दा बढी १ खर्ब ७५ अर्ब २१ करोड ४३ लाख ६६ हजार रुपैयाँ नेपाल लाइफको जीवन बीमा कोषमा छ । दोस्रोमा भारतीय स‌ंयुक्त लगानीको कम्पनी एलआइसीसँग जीवन बीमा कोषमा १ खर्ब १० अर्ब ५२ करोड १४ लाख ८ हजार रुपैयाँ छ ।

Prabhu
Crest

त्यस्तै, समिक्षा अवधिमा नेशनल लाइफको जीवन बीमा कोषमा ६८ अर्ब ८ करोड २४ लाख रुपैयाँ रहेको छ । हिमालयन लाइफको जीवन बीमा कोषमा ५५ अर्ब ३६ करोड ५२ लाख रुपैयाँ रहेको छ । राष्ट्रिय जीवन बीमा कम्पनी(साविक राष्ट्रिय बीमा संस्थान)को जीवन बीमा कोषमा ५१ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ । एशियन लाइफको जीवन बीमा कोषमा ३९ अर्ब ९ करोड २५ लाख रुपैयाँ रहेको छ ।
सूर्यज्योति लाइफको जीवन बीमा कोषमा २९ अर्ब ५० करोड २४ लाख रुपैयाँ रहेको छ । मेट लाइफको २४ अर्ब ९२ करोड ५७ लाख रुपैयाँ रहेको छ । सानिमा रिलायन्स लाइफको जीवन बीमा कोषमा ११ अर्ब ८२ करोड ४५ लाख रुपैयाँ रहेको छ । सिटिजन लाइफको जीवन बीमा कोषमा ११ अर्ब ७ करोड ४५ लाख रुपैयाँ रहेको छ । रिलायबल नेपाल लाइफको जीवन बीमा कोषमा ८ अर्बमाथि रहेको छ ।

त्यसैगरी प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोषमा ७ अर्ब ८६ करोड ३७ लाख रुपैयाँ रहेको छ । आइएमई लाइफको जीवन बीमा कोषमा ७ अर्ब ४६ करोड ४८ लाख रुपैयाँ रहेको छ । सन नेपाल लाइफको जीवन बीमा कोषमा ६ अर्बमाथि रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS