IME Life

निर्जीवन बीमा कम्पनीहरुले कमाए ८९ करोड १२ लाख नाफा, दुईको घट्दा कुनले कति गरे आर्जन ?

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८०/ ८१ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीमध्ये १३ वटाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् भने एक नेको इन्स्योरेन्सले वित्तीय विवरण प्रकाशन गरेको छैन् ।

यस अवधिसम्ममा १३ निर्जीवन बीमा कम्पनीहरुले ८९ करोड १२ लाख ३९ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ७९ करोड ८० लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको नाफा ११ प्रतिशतले बढेको हो ।

Prabhu
Crest

यस अवधिमा सबैभन्दा धेरै नाफा नेपाल इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । कम्पनीले यस अवधिमा १४ करोड ६१ लाख ७६ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १३५ प्रतिशतले बढी हो ।
दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । तेस्रोमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १३ करोड ७६ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले यस अवधिमा ११ करोड २४ लाख रुपैयाँ नाफा कमाउको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । प्रभु इन्स्योरेन्स कम्पनीले ५ करोड ६ लाख लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । सानिमा जिआईसीले ३ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ ।

नाफा बृद्धिदरमा
नाफा बृद्धिदरलाई हेर्ने हो भने यस समिक्षा अवधिमा यूनाइटेड अजोड इन्स्योरेन्सले धेरै प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १८० प्रतिशतले बृद्धि भएको हो । यस अवधिमा कम्पनीले ३ करोड ८६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

दुई कम्पनीको नाफामा गिरावट
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस अवधिमा दुई कम्पनकिो नाफा घटेको छ । ओरिएण्टल इन्स्योरेन्स कम्पनी र नेशनल इन्स्योरेन्स कम्पनीको नाफा घटेको छ । गत वर्षको तुलनामा नेशनल इन्स्योरेन्सको नाफा ९८ प्रतिशतले घटेर ३७ लाख ५८ हजारमा सिमित भएको छ भने ओरिएण्टल इन्स्योरेन्सको नाफा ७० प्रतिशतले घटेर १ करोड ४९ लाख रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS