Connect IPS
IME Life

प्रथम त्रैमासमा सयपत्रि हाइड्रोपावरले कमायो १ करोड ४८ लाख नाफा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सयपत्रि हाइड्रोपावर लिमिटेडले चालू अर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड १८ लाख नाफा कमाएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा कम्पनीको नाफा २० दशमलव ६९ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको तुलनामा कम्पनीको सञ्चालन नाफा १३ दशलमव ५३ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा २ करोड ७८ लाख रहेकोमा चालू आर्थिक वर्षमा घटेर २ करोड ४१ लाखमा सिमित भएको छ ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी ३० करोड रहेको छ । चालू आर्थिक वर्षमा कम्पनीको रिटेन्ड अर्निङ भने ४ करोड ५५ लाख ऋणात्मक रहेको छ ।

चालू आर्थिक वर्षमा कम्पनीको नाफाघटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९६ पैसा रहेकोमा चालू आर्थिक वर्षमा घटेर ३ रुपैयाँ ९४ पैसामा सिमित भएको हो ।

समिक्षा अवधिमा कम्पनीको मूल्य आम्दानी अनुपात १९० गुणा र प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS