IME Life
Beema Board

एलआईसी नेपालको नाफा ८८% ले बढ्यो, जीवन बीमा कोष १ खर्ब १० अर्ब नाघ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा ८८ दशमलव ५४ प्रतिशतले वृद्धि हुँदै ५ करोड ९७ लाख पुगेको छ। गत आर्थिक वर्ष सोही अवधिमा नाफा ३ करोड १६ लाख रुपैयाँ थियो ।

३ महिनाको अवधिमा कम्पनीले ४ अर्ब ५१ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले १ करोड ९५ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने ४ अर्ब ४९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन शुन्य दशमलव १७ प्रतिशतले घट्दा खुद बीमा शुल्क आर्जन शुन्य दशमलव १० प्रतिशतले घटेको छ ।

Prabhu
Crest

त्यस्तै तीन महिनाको अवधिमा कम्पनीले अभिकर्ता कमिशन अन्तर्गत ३० करोड ६२ लाख खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३५ करोड ६६ लाख खर्च गरेको थियो ।

२ अर्ब ६५ करोड चुक्ता पुँजी भएको कम्पनीको संचित मुनाफामा २ अर्ब संचित गरेको छ । त्यस्तै अन्य इक्वीटी ६२ करोड २९ लाख पुगेको छ । जीवन बीमा कोष असार मसान्तको तुलनामा १२ दशमलव ९१ प्रतिशतले वृद्धि हुँदै १ खर्ब १० अर्ब पुगेको छ। असार मसान्तमा जीवन बीमा कोष ९७ अर्ब ८८ करोड थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS