IME Life
Beema Board

हिमालयन लाइफको कुल बीमा शुल्क आर्जन ४ अर्ब ३८ करोड, बीमा कोष ५५ अर्ब नाघ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा ३५ दशमलव ३८ प्रतिशतले वृद्धि हुँदै २४ करोड १३ लाख पुगेको छ। गत आर्थिक वर्ष सोही अवधिमा नाफा १७ करोड ८३ लाख रुपैयाँ थियो ।

३ महिनाको अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले १५ करोड ४५ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने ४ अर्ब २२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन १४ दशमलव ४९ प्रतिशतले वृद्धि हुँदा खुद बीमा शुल्क आर्जन ११ दशमलव ०७ प्रतिशतले वृद्धि भएको छ ।

Prabhu
Crest

त्यस्तै तीन महिनाको अवधिमा कम्पनीले अभिकर्ता कमिशन अन्तर्गत ३६ करोड १ लाख खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ३६ करोड २३ लाख खर्च गरेको थियो ।

८ अर्ब २ करोड चुक्ता पुँजी भएको कम्पनीको संचित मुनाफा ५५ दशमलव ६१ प्रतिशतले वृद्धि हुँदै १ अर्ब १५ करोड संचित भएको छ । त्यस्तै अन्य इक्वीटी १० करोड ४५ लाख पुगेको छ । जीवन बीमा कोष असार मसान्तको तुलनामा ६ दशमलव २२ प्रतिशतले वृद्धि हुँदै ५५ अर्ब ३६ करोड पुगेको छ। असार मसान्तमा जीवन बीमा कोष ५२ अर्ब १२ करोड थियो ।

प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ०४ पैसा र प्रति शेयर नेटवर्थ १२१ रुपैयाँ ६२ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS