IME Life
Beema Board

एशियन लाइफको खुद बीमा शुल्क ९% ले बढ्यो , जीवन बीमा कोषमा ३९ अर्ब

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा १४ दशमलव ९६ प्रतिशतले वृद्धि हुँदै १६ करोड ६१ लाख पुगेको छ।  गत आर्थिक वर्ष सोही अवधिमा नाफा १४ करोड ४५ लाख रुपैयाँ थियो ।

३ महिनाको अवधिमा कम्पनीले १ अर्ब ८५ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले ५ करोड ९५ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने १ अर्ब ७९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन ७ दशमलव ६४ प्रतिशतले वृद्धि हुँदा खुद बीमा शुल्क आर्जन ९ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै तीन महिनाको अवधिमा कम्पनीले अभिकर्ता कमिशन अन्तर्गत १६ करोड ५६ लाख खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १७ करोड ४९ लाख खर्च गरेको थियो ।

Prabhu
Crest

कम्पनीको चुक्ता पुँजी ३ अर्ब १५ करोड रहेको छ । असार मसान्तको तुलनामा कम्पनीको संचित मुनाफा ५० दशमलव २३ प्रतिशतले घट्दै ३० करोड ६३ लाख संचित भएको छ । त्यस्तै अन्य इक्वीटी ७ करोड १० लाख पुगेको छ । जीवन बीमा कोष असार मसान्तको तुलनामा १६ दशमलव २४ प्रतिशतले वृद्धि हुँदै ३९ अर्ब ९ करोड पुगेको छ। असार मसान्तमा जीवन बीमा कोष ३३ अर्ब ६३ करोड थियो ।

प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी २१ रुपैयाँ ०७ पैसा र प्रति शेयर नेटवर्थ ११७ रुपैयाँ २६ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS