IME Life
Beema Board

सन लाइफको खुद नाफा १६ करोड, जीवन बीमा कोष ६ अर्ब नाघ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित तथ्यांक अनुसार कम्पनीको नाफा १ दशमलव ८१ प्रतिशतले वृद्धि हुँदै १६ करोड ५३ लाख पुगेको छ।  गत आर्थिक वर्ष सोही अवधिमा नाफा १६ करोड २३ लाख रुपैयाँ थियो ।

३ महिनाको अवधिमा कम्पनीले ९४ करोड ४६ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनबाट कम्पनीले ९ करोड ३२ लाख रुपैयाँ पुनर्बीमामा खर्चिएको छ भने ८५ करोड १३ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जन १० दशमलव ६६ प्रतिशतले घट्दा खुद बीमा शुल्क आर्जन सामान्य मात्र घटेको छ । त्यस्तै तीन महिनाको अवधिमा कम्पनीले अभिकर्ता कमिशन अन्तर्गत ८ करोड ३ लाख खर्च गरेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ८ करोड ८३ लाख खर्च गरेको थियो ।

Prabhu
Crest

३ अर्ब २० करोड चुक्ता पुँजी भएको कम्पनीको शेयर प्रिमियममा १ अर्ब २६ करोड  रहेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निस्काशन गरेकाले सो शीर्षकमा रकम संचित भएको हो । असार मसान्तको तुलनामा कम्पनीको संचित मुनाफा १७ दशमलव ४७ प्रतिशतले वृद्धि हुँदै ९२ करोड ९८ लाख संचित भएको छ । त्यस्तै अन्य इक्वीटी ३१ करोड ०४ लाख पुगेको छ । जीवन बीमा कोष असार मसान्तको तुलनामा ५ दशमलव ७८ प्रतिशतले वृद्धि हुँदै ६ अर्ब पुगेको छ। असार मसान्तमा जीवन बीमा कोष ५ अर्ब ६७ करोड थियो ।

प्रकाशित विवरण अनुसार  कम्पनीको प्रति शेयर आम्दानी २० रुपैयाँ ६७ पैसा र प्रति शेयर नेटवर्थ १८१ रुपैयाँ ७३ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS