IME Life

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा १ लाख ३५ हजार, संकलन गर्यो ३ लाख १८ हजार खुद बीमा शुल्क

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५२ अर्ब ५० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले यस अवधिमा १ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ३ लाख ७८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले यस अवधिसम्ममा ६० हजार पुनर्बीमा मार्फत खर्चिएको छ । कम्पनीले समिक्षा अवधिमा ३ लाख १८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको संचिती जगेडा कोषमा १४ लाख ४७ हजार रहेको छ ।

Crest

आर्थिक वर्ष २०७९/ ८० को असार मसान्तसम्ममा कम्पनीको महाविपत्ती कोषमा १ लाख ५८ हजार रहेको थियो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा १ लाख ६५ हजार रहेको छ । समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा २६ लाख ५० हजार रुपैयाँ रहेको छ । यस अवधिसम्ममा कम्पनीले अभिकर्ता कमिशन मार्फत १२ हजार रुपैयाँ खर्च गरेको छ ।

 

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS