IME Life
Beema Board

आधारभूत रुपमा बलियो हुँदै सिटिजन लाइफ, प्रति शेयर नेटवर्थ १८१ माथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।  प्रकाशित विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको पहिलो  त्रैमासको तुलनामा चालु आर्थिक वर्षमा १ दशमलव ६० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष पहिलो त्रैमासमा ७ करोड ३ लाख नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा ७ करोड १४ लाख कमाएको छ ।

कम्पनीले ३ महिनाको अवधिमा १ अर्ब ५० करोड कुल बीमा शुल्क आर्जन गरेको छ । कुल बीमा शुल्क आर्जनमा १ अर्ब ८ करोड नवीकरण बीमा शुल्क र ४१ करोड ६० लाख प्रथम बीमाशुल्क रहेको छ । कुल बीमा शुल्क आर्जन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २ दशमलव ६९ प्रतिशले वृद्धि भएको छ भने प्रथम बीमा शुल्क भने १४ दशमलव ३९ प्रतिशतले घटेको छ ।  नवीकरण बीमा शुल्कमा भने ११ दशमवल १७ प्रतिशतको वृद्धि देखिएको छ । पुनर्बीमा  गरेर कम्पनीले १ अर्ब ४२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

३ अर्ब ७५ करोड चुक्ता पुँजी भएको कम्पनीको शेयर प्रिमियममा १ अर्ब ५५ करोड, महाविपत्ति जगेडामा १४ करोड ५० लाख र अन्य जगेडामा ७० करोड ४३ लाख संचित गरेको छ ।  जीवन बीमा कोष ११ अर्ब ०७ करोड पुगेको छ। जुन ८ दशमलव २७ प्रतिशतको वृद्धि हो ।

प्रकाशित तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ६३ पैसा र किताबी मूल्य १८१ रुपैयाँ ४१ पैसा छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS