IME Life

एक महिनामा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ३ अर्ब ३६ करोड बीमा शुल्क, कसको कति (सूचिसहित)

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/ ८१ को असोज महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरुले कुल ३ अर्बमाथि कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार यी कम्पनीहरुले २ लाख ७२ हजार ४९१ वटा बीमा पोलिसी विक्री गरी कुल ३ अर्ब ३६ करोड ६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गर्न सफल भएका हुन् । असोज महिनासम्ममा भने यी कम्पनीहरुले १० अर्ब ४४ करोड बीमा शुल्क संकलन गरेका छन् ।

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ४० करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले यस अवधिमा ३३ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

नेको इन्स्योरेन्स कम्पनीले ३१ करोड ३९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३१ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३० करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले २४ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले २४ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले २२ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १९ करोड ६० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्सले १५ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले १३ करोड ९०लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्स कम्पनीले ७ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ४ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS