IME Life

ज्योति विकास बैंकको खुद नाफा घट्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९ दशमलव २५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १० करोड ९८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

Prabhu
Crest

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ३ दशमलव ७७ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ४ दशमलव ६५ प्रतिशत बढेको छ। त्यसैगरी, यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ०.१४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४९.२५ प्रतिशत घटेको छ। बैंकको निष्क्रिय कर्जा २.५ प्रतिशतबाट बढेर ३.७५ प्रतिशत पुगेको छ ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १३ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ११ रुपैयाँ ९७ पैसा ऋणात्मक रहेको छ। ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ८७ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप १ दशमलव १० प्रतिशत बढेको छ भने कर्जा ० दशमलव १४ प्रतिशत घटेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ७६ पैसा घटेर ४ रुपैयाँ ६२ पैसामा झरेको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ६१ दशमलव ४५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ७० पैसा रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS