IME Life

बाल जीवन बीमालेखको बिक्री पुनः खुल्ला, प्राधिकरण नियामक हो कि आदेश पालक ?

SPIL
NIC ASIA

काठमाडौं । बीमा नियामकको निर्देशनलाई लामो समयसम्म पनि बीमकले अटेर गर्दा नेपाल बीमा प्राधिकरणले मोलाहिजा गर्दा बीमकको खाैफ र ‘बुख्याँचा’ को खाैफ उस्तै उस्तै भएको टिप्पणी बीमा उद्योगमा हुन थालेको छ। अन्नबालीलाई चराचुरुङगी र जनावरबाट जोगाउनका लागि खेतबारीमा ठड्याइने बुख्याँचा ( मान्छे जस्तो देखिने पराल, बाँस र माटोको भाँडो जोडेर बनाइएको आकृती) लाई एक पटक कुनै चलाख जनावर वा चराचुरुङगीले चिनिहाल्यो भने डराउन छोड्छ, बाली खान पल्किन्छ। ठीक त्यही प्रवृत्तीका कारण, प्राधिकरण ‘बुख्याँचा’ मात्र हो भन्ने चाल पाएका बीमकले निर्देशन सहजै अटेर गरिदिन थालेका छन् ।

नेपाल बीमा प्राधिकरण ‘बुख्याँचा’ मात्र हो भन्ने ताजा उदाहरण बालबालिकाको जीवन बीमा सम्बन्धमा ६ महिना अघि जारी गरिएको निर्देशनको कार्यान्वयनमा गरिएको मोलाहिजा प्रकरणले दिएको छ। प्राधिकरणले २०७९ चैत्र १६ गते जारी गरेको जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७९ को प्रावधान अन्तर्गत निर्देशिका जारी भएको ६ महिनाभित्र बालबालिका सम्बन्धी बीमालेख परिमार्जन गरेर प्रचलनमा ल्याउनुपर्नेमा कुनै पनि बीमकले प्रचलनमा ल्याएनन्। इजाजत प्राप्त १४ जीवन बीमकमध्ये जम्मा ५ वटाले बीमालेख परिमार्जनका लागि प्राधिकरणमा पेश गरेका छन् । बाँकी ९ वटाले प्राधिकरणको नियामकीय प्रभावबारे चाल पाएरै हाेला अझैसम्म बीमालेख नै तयार पारेका छैनन्, स्वीकृतीका लागि पेश गर्नु परको विषय हो ।

Prabhu
Crest

अटेरी गर्ने सामू निरिह बन्यो प्राधिकरणः

बीमा प्राधिकरणले २०७९ चैत्र १६ गते बालबालिका सम्बन्धी बीमालेखमा नयाँ शर्तको घोषणा गरेको थियाे । नयाँ शर्त अनुसार बीमालेख परिमार्जन गर्न प्राधिकरणले बीमकलाई निर्देशन जारी गरेको थियाे । निर्देशन ६ महिनासम्म पनि पालना नभएपछि  गत असोज २३ गते परिपत्र जारी गर्दै बालबालिकासम्बन्धी बीमालेख बिक्री नगर्न निर्देशन जारी गर्यो । यो निर्देशनबारे बीमकले शाखा, उपशाखा र अभिकर्तासम्म पुर्‍याउन नपाउँदै अर्को निर्देशन आयाे ल ल असोज मसान्तसम्मका लागि छुट छ, बीमालेख जारी गर्न मिल्ने भयो ।

सबै जीवन बीमकले बालबालिकासम्बन्धी साबिककै बीमालेख बिक्रीलाई निरन्तरता दिए । प्राधिकरणले कात्तिक १ गतेदेखि पुनः बालबालिका सम्बन्धी पुरानो बीमालेख बिक्रीमा रोक लगायो । परिमार्जित बीमालेख स्वीकृतीका लागि प्राधिकरणमा पेश गरेका ५ जीवन बीमकले स्वीकृती नपाउँदा तनावमै रहे। बीमालेख परिमार्जन गर्न कुनै सुरसार नगरेका बाँकी ९ जीवन बीमक भने ढुक्कै भएर बसे झै‌ं देखिन्थ्ये, किनकी उनीहरूले नयाँ बीमालेखबारे कुनै तयारी नै गरेनन्।

अन्ततः प्राधिकरणले पुनः कात्तिक ३ गते शुक्रबार अर्को परिपत्र जारी गर्दै स्वीकृतीका लागि परिमार्जित बीमालेख पेश गरेका बीमकलाई अस्थायी स्वीकृती प्रदान गरेको छ। परिमार्जित बीमालेख  तयार पारेर स्वीकृतीका लागि पेश नै नगरेका बीमकलाई पनि २०८० कात्तिक मसान्तसम्म बीमालेख बिक्री गर्न स्वीकृती दिएको छ। प्राधिकरणले सरकारी स्वामित्वकाे जीवन बीमक राष्ट्रिय बीमा स‌ंस्थान, निजी क्षेत्रको जीवन बीमक नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, हिमालयन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ र प्रभू महालक्ष्मी लाइफलाई बालबालिकासम्बन्धी बीमालेख बिक्री गर्न स्वीकृती दिएको हो । प्राधिकरणले शुक्रबार पत्र स‌ंख्या १२०(२०८०।८१) चलानी नम्बर २००७ मार्फत् नाै जीवन बीमकको नाममा स‌ंयुक्तरूपमा जारी गरेको परिपत्रमा कात्तिक मसान्तसम्म बीमालेख बिक्रीलाई निरन्तरता दिन निर्देशन दिएको हो ।

अबको दुई साता(कार्यालयमा कामकाज हुने अवधि) मा नाै बीमकले बीमालेख तयार पार्न भ्याउलान् त भन्ने इन्स्योरेन्स खबरको जिज्ञासमा प्राधिकरणको एक अधिकृतले भने,भ्याउदैनन् भन्नेमा कुनै शंका छैन, तर पनि एक पटक थप माैका दिएका हाैं, त्यसपछि कारवाही नै गर्ने भन्ने छ।

अस्थायी स्वीकृती पाएका जीवन बीमकः

पाँच वटा जीवन बीमक मेट लाइफ, एशियन लाइफ, सिटिजन लाइफ, आइएमई लाइफ र सूर्यज्योति लाइफले परिमार्जित बीमालेख स्वीकृतीका लागि प्राधिकरण समक्ष पेश गरेका छन् । यी बीमकको बीमालेख अहिले बीमा‌ंकी परामर्शको चरणमा रहेको छ। बीमा‍ंकीले सामान्य जिज्ञासाहरू राखेको छ,ती अधिकृतले भने, सैद्धान्तिकरूपमा खासै केही अप्ठेरो जिज्ञासा नभएकाले अस्थायी स्वीकृती दिइएको छ। बीमा‌ंकीको जिज्ञासाको उचित सम्बोधन पछि स्थायी स्वीकृती दिइनेछ।

व्यापारमा २५ प्रतिशत हिस्सा बालबालिका बीमाकोः

जीवन बीमालेख बिक्री गर्ने अधिका‌ंश बीमकको कुल व्यापारको २५ देखि ३० प्रतिशतसम्मको हिस्सा बालबालिका सम्बन्धी बीमालेखले ओगटेको छ। नयाँ नआउँदै पुरानो बीमालेख बिक्रीमा बन्देज लगाउँदा व्यापार ह्वात्तै खस्किने भएपनि जीवन बीमकले समय छँदै प्राधिकरणको निर्देशन पालनाका लागी वास्ता गरेनन् । नियम पालनामा अटेर गर्न अभ्यस्त बीमकले प्राधिकरणलाई नै नरम हुन बाध्य बनाई दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS