IME Life

बालबालिका सम्बन्धी परिमार्जित जीवन बीमालेखमा के के छन् विशेषता

SPIL
NIC ASIA

काठमाडौं । बालबालिका सम्बन्धी जीवन बीमाका कारण बालबालिका स्वयम् असुरक्षित नबनुन् भन्ने उद्देश्यले नेपाल बीमा प्राधिकरणले ६ महिना अगावै जारी गरेको जीवन बीमालेख निर्देशिका २०७९ को पालना अधिका‌ंश जीवन बीमकले गरेका छैनन् । कथित नम्बर वन जीवन बीमकले समेत समयमै विचार नपुर्याउँदा बालबालिका सम्बन्धी बीमालेखको बिक्री वितरण नै ठप्प हुन पुगेको छ।

प्राधिकरणले जीवन बीमालेख निर्देशिका २०७८ को केही प्रावधानहरुमा परिमार्जन गर्दै २०७९ चैत्र १९ गतेदेखि लागू हुने गरी जीवन बीमालेख निर्देशिका २०७९ जारी गरेको थियो । निर्देशिकामा परिमार्जन गरिएका विषयहरुमध्ये बालबालिका सम्बन्धी जीवन बीमालेखका प्रावधानहरु समेत थिए । स‌ंशाेधित प्रावधान अनुसार जीवन बीमकले प्रचलनमा रहेका बाल जीवन बीमालेख परिमार्जन गरेर प्रचलनमा ल्याउनका लागी प्राधिकरणले ६ महिनाको मोहलत दिएको थियो । ६ महिनाको अवधिसम्म समेत अधिका‌ंश जीवन बीमक कानमा तेल हालेर बसे, बीमालेख परिमार्जन गर्न र प्राधिकरणबाट स्वीकृती लिन चासो देखाएनन् ।

Prabhu
Crest

प्राधिकरणले असाेज २३ गते परिपत्र जारी गर्दै निर्देशिका २०७९ को प्रावधान अनुसार परिमार्जन नभएका बीमालेख बिक्री वितरण गर्न राेक लगाएपछि अधिका‌ंश बीमकले बालबालिकाकाे बीमालेख बिक्री गर्न पाएका छैनन् । बीमालेख बिक्री गर्न नपाएपछि छटपटिएका बीमकहरू परिमार्जित बीमालेख लिएर तुरून्तै स्वीकृत गरिदिन प्राधिकरणका कर्मचारीलाई दबाब दिइ रहेका छन् ।

केही बीमकहरूबाट निर्देशिका बमोजिम परिमार्जित बीमालेख प्राप्त गरेका छाै‌ं, प्राधिकरणका एक अधिकृतले भने,प्राविधिक टिप्पणी सम्बन्धमा एक्चुअरीसँग परामर्श गर्दैछाैं, उताबाट सहमति आएपछि बीमालेख स्वीकृत हुनेछन् ।

जीवन बीमालेख निर्देशिका २०७९ को अनुसूची २ मा रहेको बालबालिकाकाे जीवन बीमालेख सम्बन्धी प्रावधाहरुः

(१) बीमा अवधि पुरा भएपछि बीमितलाई बीमाङ्क रकम र बोनश रकम एकमुष्ट भुक्तानी दिनुपर्ने ।
(२) जोखिम प्रारम्भ हुनु अगावै बीमितको मृत्यु भएमा बीमाशुल्क फिर्ता दिनुपर्ने ।
(३) जोखिम प्रारम्भ भएपछि बीमा अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्कको पच्चीस प्रतिशत वा भुक्तानी भएको बीमाशुल्कमध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गर्नुपर्ने । यसपछि बीमालेख स्वतः अन्त्य हुनेछ ।

(४) बीमा अवधि भित्र जुनसुकै समयमा बालबालिकाकाे प्रस्तावकको मृत्यु भएमा
क) बाँकी अवधिको बीमाशुल्क मिनाहा गरेर बीमालेखलाई निरन्तरता दिने ।
ख) बीमितलाई मासिक आम्दानी सुविधा दिने।

(५) बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा बीमाङ्क रकमको १२५ प्रतिशत र आर्जित बोनश भुक्तानी गर्नुपर्ने ।

(६) बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात बीमितको समेत मृत्यु भएमा बीमाङ्क रकमको पच्चीस प्रतिशत र आर्जित बोनश वा भुक्तानी भएको बीमाशुल्कमध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गर्नुपर्ने ।

जीवन बीमालेख निर्देशिका २०७९ को अनुसूची २

कात्तिक १ गतेदेखि प्रचलनमा ल्याउन रोक लगाइएको बालबालिका सम्बन्धी पुराना जीवन बीमालेखमा जोखिम प्रारम्भ पश्चात् बीमित बालबालिकाकाे मृत्यु भएमा तत्कालै बीमा‌ंक रकमको २५ प्रतिशत र बीमा अवधि पुरा भएपछि बाँकी ७५ र बोनश एकमुष्ठ रकम भुक्तानी गर्ने प्रावधान रहेको थियो । नयाँ निर्देशिकामा २५ प्रतिशत वा बीमकले प्राप्त गरेको बीमाशुल्क मध्ये जुन रकम बढी  हुन्छ सो रकम भुक्तानी गर्नुपर्ने र बीमालेखको अन्त्य गर्नुपर्ने प्रावधान छ। यसबाहेक बीमाशुल्क छुट सुविधा र मासिक आय सुविधा यसअघिका बीमालेखहरुमा स्वेच्छिक सुविधाकारुपमा समावेश गरिएका थिए भने अब प्रचलनमा ल्याइने नयाँ वा परिमार्जित बीमालेखमा यी दुबै सुविधा समावेश गरिएका हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

11%

दु :खी

11%

अचम्मित

11%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS