IME Life
Beema Board

लापरवाही गरेको भन्दै डिजिटल वालेट कम्पनीलाई पौने नौ करोड रुपैयाँ जरिवाना

SPIL
NIC ASIA

काठमाडौं । छिमेकी मुलुक भारतकाे केन्द्रीय बै‌ंक भारतीय रिजर्व बैंक (आरबीआई) ग्राहक पहिचान सम्बन्धी प्रावधानकाे पालना नगरेकाे आराेप सहित डिजिटल भुक्तानी सेवा प्रदायक पेटिएमविरुद्ध भारु ५ कराेड ३९ लाख रुपैयाँ( ८ कराेड ६२ लाख रूपैयाँ) जरिवाना गरेकाे छ।

पेटीएम सञ्चालक कम्पनी पेटिएम पेमेन्ट्स बैंक लिमिटेडविरूद्ध यति ठूलाे धनराशीकाे कारवाही गरिएकाे हाे । केन्द्रीय बैंकले भुक्तानी बैंकको इजाजत प्राप्त कम्पनीकाे लागी जारी साइबर सुरक्षा स‌ंरचना, एकीकृत भुक्तानी प्रणाली लगायत अन्य निर्देशनहरुकाे पनि उल‌ंघन भएकाे आराेप लगाएकाे छ।

Prabhu
Crest

केन्द्रीय बैंकले अनुसन्धानका क्रममा डिजिटल वालेटबाट रकम लेनदेनका क्रममा वास्तविक लाभग्राहीकाे पहिचान यकीन नै नगरी काराेबारकाे इजाजत दिइएकाे फेला परेपछि कारवाही गरेकाे हाे । यसबाहेक भुक्तानी काराेबारकाे नियमित अनुगमनमा चुकेकाे र भुक्तानी सेवाहरू प्राप्त गर्ने संस्थाको जोखिमकाे वर्गिकरणका आधारमा निरन्तर निगरानी समेत नराखेकाे आरबीआईले सार्वजनिक गरेकाे छ।

आरबीआईले गत वर्ष समेत पेटीएम पेमेन्ट्स बैंकलाई नयाँ ग्राहकमाझ सेवा बिस्तार गर्न राेक लगाएकाे थियाे । पेटिएम डिजिटल वालेट भारतकाे सबैभन्दा ठूलाे विद्युतीय भुक्तानी सञ्जाल भएकाे कम्पनी हाे ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

0%

अचम्मित

67%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS