IME Life

साविक महालक्ष्मी लाइफले घोषणा गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ५२ रुपैयाँ पाउने

SPIL
NIC ASIA

काठमाडौं । साविक महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/२०७९ को लागि नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक आर्थिक वर्ष २०७८/२०७९ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएको बिमाङ्कीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० असोज २३ गतेको पत्र मार्फत स्वीकृत भई २०७८/७९ को लागि कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम रुपैयाँ ३२ देखि ५२ रुपैयाँसम्म घोषणा गरेको हो । हाल प्रभु लाइफ र महालक्ष्मी लाइफ एक आपसमा मर्जर भई प्रभु महालक्ष्मीको नामबाट एकिकृत कारोबार गरेका छन् ।

महालक्ष्मी सावधिक जीवन बीमालेख
महालक्ष्मी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ४५ रुपैयाँदेखि ५२ रुपैयाँसम्म बोनसदर कामय गरेको छ । यस जीवन बीमालेखमा ५ देखि १५ वर्ष सम्म अवधिको लागि ४५ रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको लागि ४६ रुपैयाँ , २६ देखि ३० वर्ष अवधिको लागि ५२ रुपैयाँ बोनसदर कायम गरेको छ ।

Prabhu
Crest

कम्पनीले ५ देखि १५ वर्ष अवधिको ६ हजार ७ सय ९२ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ४५ रुपैयाँ बोनस प्राप्त गन छन् ।

महालक्ष्मी सरल जीवन बीमा योजना
महालक्ष्मी सरल जीवन बीमा योजनाको हकमा पनि कम्पनीले ५ देखि १५ वर्षसम्म अवधिको लागि ५० रुपैयाँ, १६ देखि २५ वर्ष अवधिको ५१ रुपैयाँ बोनसदर तोकेको छ । कम्पनीले ५ देखि १५ वर्ष अवधिको ५ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ५० रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

महालक्ष्मी जीवन हेरचाह बीमा योजना
महालक्ष्मी जीवन हेरचाह बीमा योजनाको हकमा कम्पनीले ५ देखि १५ वर्ष अवधिको लागि ५० रुपैयाँ , १६ देखि २५ वर्ष अवधिको बीमालेखमा ५१ रुपैयाँ बोनसदर तोकेको कम्पनीले जनाएको छ । यस बीमालेखमा कम्पनीले सबैभन्दा धेरै १६ देखि २५ वर्षसम्म अवधि भएको बीमालेख बढी विक्री गेको छ । उक्त बीमालेख ३ हजार ४ सय ६ वटा विक्री गरेको छ । यस अवधिमा बीमितले ५१ रुपैयाँ बोनस पाउनेछन् ।

महालक्ष्मी बालबचत जीवन बीमा योजना
यस बीमा योजनमा कम्पनीले ५ देखि १५ वर्ष अवधिको लागि ३० रुपैयाँ १६ वर्षदेखि २१ वर्ष अवधिको लागि ३३ रुपैयाँ र २२ वर्षदेखि २५ वर्ष अवधिको लागि ३७ रुपैयाँ बोनदसदर कायम गरेको छ ।

महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजना
कम्पनीले महालक्ष्मी वार्षिक धनफिर्ता बीमा योजनामा कम्पनीले सबै अवधिको लागि एउटै बोनसदर कायम गरेको छ । जसमा बीमितहरुले ३५ रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, महालक्ष्मी सावाधिक आजीवन बीमा योजनमा पनि कम्पनीले सबै बीमा अवधिको लागि एउटै बोनसदर ३२ रुपैयाँ कायम गरेको बताएको छ । त्यसैगरी कम्पनीले महालक्ष्मी धनधान्य बीमा योजनामा पनि एउटै बोनसदर कायम गरेको छ । यस बीमा योजनाका बीमितले ४० रुपैयाँ बोनस पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS