IME Life

बैंकमा थुप्रिन थाल्यो पैसा, सिडी रेसियो घट्दै , महँगो ब्याजले कर्जा प्रवाह सुस्त !

SPIL
NIC ASIA

काठमाडौं । बैंकहरुमा तरलता हुँदा हुँदै पनि ब्याज दर नघट्दा सोचे अनुरुपको कर्जा प्रवाह हुन सकेको छैन।  जसको कारणले गर्दा बैंकमा पैसा थुप्रिन थालेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकअनुसार बैंकहरुको सिडी रेशियो ८२ प्रतिशत भन्दा तल नै रहेको छ । असोज १७ गते ८१ दशमलव ९१ प्रतिशत रहेको सिडी रेशियो असोज १८ गते केही घट्दै ८१ दशमलव ८४ प्रतिशत पुगेको छ ।

बैंकहरुमा ५८ खर्ब ३० अर्ब निक्षेप रहेको छ।  एकै दिन बैंकहरुमा रहेको निक्षेप ७ अर्बले बढेको छ । वाणिज्य बैंकमा एकै दिनमा सो परिमाणमा निक्षेप वृद्धि हुँदा समस्त प्रणालीमा निक्षेप वृद्धि भएको हो ।

Prabhu
Crest

निक्षेप वृद्धिको तुलनामा कर्जा प्रवाह भने सुस्त नै रहेको छ।  कर्जा प्रवाह सो दिन २ अर्बले वृद्धि हुँदै ४९ खर्ब ४० अर्ब पुगेको छ ।

महँगो ब्याजको कारणले गर्दा कर्जा प्रवाह हुन सकेको छैन । आर्थिक क्रियाकलापमा कमी आउँदा कर्जाको माग सुस्त छ भने अहिले कर्जा लिन खोजेकाहरुपनि पर्ख र हेरको अवस्थामा छन् ।  ब्याज दर यसरी नै वृद्धि हुँदै जाने र बैंकमा लगानीयोग्य तरलता थुप्रिदै जाने हो भने बैंकको लागत वृद्धि हुने र लागत वृद्धिले मुनाफामा असर गर्ने सम्भावना पनि धेरै नै छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%

खुसी

40%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS