IME Life
Beema Board

नेपाल वेयरहाउजिङले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनबाट अनुमति पाएको छ । सेबोनले असोज १० गते कम्पनीलाई १३ करोड ६५ लाख रुपैयाँबराबरको आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा बिक्री गर्नेछ ।

कम्पनीले पहिलो चरणमा कुल शेयर संख्याको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीका लागि जारी गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणका आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडको रहेको छ ।

Prabhu
Crest

यस कम्पनी निम्बस ग्रूप अन्तर्गतको पब्लिक कम्पनी हो । कम्पनीले हेटौंडा, वीरगञ्ज, बाराको जितपुर, कोहलपुर, कपिलवस्तु र इटहरीमा खानेतेल, पीठो, पशुपन्छीको दाना, पिनाको विक्रीवितरण तथा अन्न भण्डारण गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS