IME Life
Beema Board

प्राधिकरणमा गलत तथ्यांक पेश गर्ने नेपाल लाइफ सहित केहि बीमा कम्पनी कारवाहीमा पर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा नियामक नेपाल बीमा प्राधिकरणलाई बीमा काराेबारकाे गलत तथ्या‌ंक पेश गर्दा  १९ वटा बीमा कम्पनी कारवाहीमा पर्ने भएका छन् । गत आर्थिक वर्षकाे अन्त्यसम्ममा भएकाे काराेबारकाे विवरण उपलब्ध गराउँदा वास्तविक समयकाे काराेबारभन्दा तथ्या‌ंकमा ढाँटेकाे फेला परेपछि प्राधिकरणले नगद जरिवाना सहित कारवाही गर्ने भएकाे हाे ।

प्राधिकरणले गत साउनमै तथ्यांकमा गडबडी भएकाे फेला पारेपनि कारवाही गर्ने नगर्ने बारे प्राधिकरणकाे उच्च अधिकारीहरूबीच मतैक्यता हुन नसक्दा कारवाहीमा ढिलाई हुन गएकाे थियो । २०८० साउन १ गते बीमा कम्पनीहरुमा स्थलगत अनुगमन गरेर बीमकसँग स‌ंकलन गरेकाे तथ्यांक र बीमककाे काेर सफ्टवेयर प्रणालीमार्फत् प्राधिकरणकाे डाटाबेसमा प्रविष्ट गरिएकाे तथ्यांकमा कराेडाैंकाे अन्तर फेला परेपछि प्राधिकरणका अधिकारीहरू झस्किएका थिए ।

Prabhu
Crest

प्राधिकरणले दुई वर्ष अघि देखि नै बीमा कम्पनीहरुलाई वास्तविक समयमा मात्र काराेबार गर्न सचेत गराउँदै आएकाे छ। तर बीमकहरु मासिककाे अन्त्य हाेस् वा त्रैमासिककाे अन्त्य हाेस्, बिति सकेकाे मितिमै रहेर बीमाकाे काराेबार गर्ने प्रवृत्ती अझैसम्म हट्न सकेकाे छैन। सम्बन्धित महिना वा त्रैमास अवधिकाे काराेबारमा उत्कृष्ट देखिनका लागि कृत्रिमरुपमा पुरानै मितिमा काराेबार देखाएर बीमककाे उच्च व्यवस्थापनले वाहवाही बटुल्ने अभ्यास गर्दा याे प्रवृत्तीमा ‌अ‌ंकुश लाग्न नसकेकाे हाे । जाेखिम बहन गर्नुपर्ने व्यवसाय भएकाले पुरानाे मितिमा काराेबार गर्दा बीमकले अनावश्यकरूपमा वित्तीय भार बहन गर्नुपर्ने अवस्था आइपर्न सक्ने भएकाले प्राधिकरणले यस्ताे काराेबार गर्न राेक लगाउँदै आएकाे छ।

अधिका‌ंश बीमकले वास्तविक काराेबारभन्दा अधिक अंक उल्लेख गरेर प्राधिकरणलाई तथ्या‌ंक उपलब्ध गराएका थिए । प्राधिकरणले कारवाहीकाे तयारी गर्नु अघि बीमकसँग लिखित स्पष्टीकरण मागे पनि सन्ताेषजनक जवाफ पाउन नसकेपछि जरिवाना सहित कारवाही गर्ने तयारीमा प्राधिकरण पुगेकाे हाे ।

कारवाहीमा पर्न लागेका १९ मध्ये केही बीमकले दिएकाे तथ्यांकमा हजारमा, केहीकाे लाखमा र केहीकाे कराेडमा तथ्यांक फरक भएकाे तथ्य प्राधिकरणले फेला पारेकाे छ । तथ्यांकमा भिन्नताकाे मात्रा हेरेर कारवाही गर्ने की भन्नेबारेमा छलफल भइरहेकाे छ, प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने,केहीलाई पहिलाे पटककाे लागि सचेत मात्र गराउने र केहीलाई नगदै जरिवाना गर्ने निर्णय बाेर्डबाट हुनसक्छ।

कुन कुन बीमक पर्न सक्छन् कारवाहीमा ?

प्राधिकरणका अनुसार जीवन बीमकतर्फ नेपाल लाइफ, सूर्य ज्योति लाइफ, हिमालयन लाइफ, एशियन लाइफ, नेशनल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स लाइफ र आइएमई लाइफ रहेका छन् । असार मसान्तमा तीन दिनसम्म बीमाकाे काराेबार नै नगरेकाे प्रभु महालक्ष्मी लाइफ समेत तथ्या‌ंक ढाँटेकाेमा कारवाही हुने जीवन बीमककाे सूचीमा परेकाे छ। सरकारी स्वामित्वकाे राष्ट्रिय बीमा संस्थान, भारतीय संयुक्त लगानीकाे एलआइसी नेपाल, अमेरिकी बीमक मेट लाइफ र निजी क्षेत्रकाे सन नेपाल लाइफ कारवाहीबाट जाेगिएकाे छ।

निर्जीवन बीमकमध्ये हिमालयन एभरेष्ट इन्स्याेरेन्स, श्रीलंकाली संयुक्त लगानीकाे सगरमाथा लुम्बिनी इन्स्याेरेन्स, नेको इन्स्याेरेन्स , युनाइटेड अजोड इन्स्याेरेन्स, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, शिखर इन्स्याेरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स,  भारतीय बीमककाे शाखा नेशनल इन्स्योरेन्स र ओरियन्टल इन्स्याेरेन्स रहेका छन्। सरकारी स्वामित्वकाे निर्जीवन बीमक राष्ट्रिय बीमा कम्पनीले समेत प्राधिकरणसँग तथ्यांकमा छलछाम गरेकाे छ । तथ्यांकमा भिन्नता नदेखिएकाले निर्जीवन बीमकमध्ये  सानिमा जीआइसी इन्स्योरेन्स, नेपाल इन्स्याेरेन्स, एनएलजी इन्स्याेरेन्स र प्रभू इन्स्याेरेन्स कारवाहीमा पर्नबाट जाेगिने भएका छन् ।

प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ८३ काे बीमकहरुबाट उल्लंघन भएकाे निष्कर्ष सहित ऐनको दफा १३८ बमोजिम जरिवानाको कारवाही गर्ने प्रस्ताव सञ्चालक समितिमा लैजाँने  भएकाे हाे । दफा १३८ को १९ मा झूठो विवरण पेश गरेमा बीमकलाई पहिलो पटक २ लाख रुपैयाँ जरिवाना गर्न सक्ने प्रावधान छ ।

प्राधिकरणले नियमको कडा परिपालना गराउने सम्बन्धमा अनियमितता गर्नेहरुलाई बीमा ऐन २०७९ वमोजिम आर्थिक जरिवाना गर्न सुरु गरे पछि कम्पनीहरुले आउँदो दिनहरुमा सचेत रहि ऐनको दफा दफाको पुर्ण परिपालना गर्ने छन भन्ने अपेक्षा गर्न सकिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

47%

खुसी

20%

दु :खी

7%

अचम्मित

7%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS