Connect IPS
IME Life

नेशनल लाइफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव, तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम (२०८० असोज ६ गते देखी ८ गते सम्म) “ काठमाडौं स्थित होटल ह्यात रिजेन्सीमा सम्पन्न गरेको हो ।

कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा आ.व. २०७९/२०८० मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४५० जना भन्दा बढि अभिकर्ताहरुलाई चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्नुका साथै नेपालभरीबाट आफ्नो कोड र संजालको व्यवसायमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम द्धित्तिय र तृत्तिय हुने अभिकर्ताहरु, समूहगत व्यवसायबाट प्रथम हुने र आफ्नो र संजालमा अलग अलग उत्कृष्ट गर्ने ७ जना लिडर अभिकर्तालाई सम्मान पत्र तथा नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।

Prabhu
Crest

सो समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग प्रथम, द्धित्तिय, तृत्तिय हुने लिडर अभिकर्ताहरुलाई पनि सम्मानित गरिएको थियो ।

समारोहमा अध्यक्ष सिंहले नेपालको जीवन बीमा क्षेत्रमा कम्पनीले आफ्नो अलग्गै पहिचान बनाई एक प्रमुख जीवन बीमा कम्पनीको रुपमा आफुलाई स्थापित गरेको बताइन् । कम्पनीले आउने दिनहरुमा आफ्नो प्रतिष्पर्धात्मक धारलाई कायम राखी सबै सरोकारवालाहरुलाई उचित प्रतिफल उपलब्ध गराउन प्रयासरत रहेको र यो सबै अभिकर्ताहरुको योगदानवाट मात्र संभव हुने भएकोले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई उच्च प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता अध्यक्षले प्रकट गरिन् ।

कम्पनीले सामाजिक उत्तरदायित्व क्षेत्रमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आईरहेको र विशेष गरी स्वास्थ्य क्षेत्र, वातावरण र महिला शशक्तिकरण जस्ता क्षेत्रमा योगदान पु¥याउन आर्थिक सहयोग उपलब्ध गराउदै आएको जनाएको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले आफ्नो वर्ष भरीको मेहनत र परिश्रम वापत तोकिएको लक्ष्य पुरा गरी यस कार्यक्रममा सहभागी भई चेयरपर्सन क्लबको सदस्यता प्राप्त गर्न सफल अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्दै अभिकर्ताहरु कम्पनीका मेरुदण्ड रहेको र अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकोले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन थप लगानी गर्ने प्रतिवद्धत्ता व्यक्त गरे ।

कम्पनीको सबै वित्तिय सूचकांकहरु सन्तोषजनक रहेको र कम्पनीले प्रदान गरेको उच्च वोनस दरको कारणले बीमितहरुलाई उचित प्रतिफल प्राप्त भई रहेको बताउँदै आगामी दिनमा कम्पनीले थप प्रगती गर्ने विश्वास प्रकट गरे ।

विविध मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम समावेश गरिएको सो भव्य समारोहमा सम्मानित बिजनेश लिडरहरुले कम्पनीका अध्यक्षबाट सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताउँदै भविष्यमा अझ राम्रो प्रगती गर्ने हौसला प्राप्त भएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS